आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

दमक गोल्डकप : गोर्खाब्वाइजको विजयी

बिहीबार, १० चैत २०७८, १८ : ५८
बिहीबार, १० चैत २०७८

गोर्खाब्वाइज क्लब रुपन्देही झापाको दमकमा जारी दमक गोल्डकपको क्वारटफाइनलमा प्रवेश गरेको छ । दमकस्थित प्रस्तावित मदन भण्डारी अन्तर्राष्ट्रिय रंगशालामा भएको बिहीबारको खेलमा दुर्गापुर सन्डे क्लब कालाकातालाई ५-० गोलअन्तरले पराजित गर्दै गोर्खाब्वाइजले क्वाटरफाइनलको यात्रा तय गरेको हो । 

गोर्खाब्वाइजको जितका लागि यानिकले ३ गोल गरे । गोर्खाब्वाइजका लागि सुसन तामाङ र सुनील खड्काले एकरएक गोल गरे । गोर्खाब्वाइजले खेलको दोस्रो मिनेटमै खाता खोल्यो । मैदानको मध्यभागबाट मिक्चेन तामाङ क्रसमा यानिकले गरेको प्रहार गोलमा परिणत भएको थियो । 

खेलको २० औँ मिनेटमा यानिकले गोर्खाब्वाइजले अग्रतालाई दोब्बर बनाए । मैदानको मध्यभागबाट आएको बललाई उनले गोलमा परिणत गरे । खेलको ५१ औँ मिनेटमा सुसन तामाङले गोल थपे । उनले विपक्षी गोलरक्षक अघि बढ्दा सहज गोल गरे । 

खेलको इन्ज्युरी समयमा यानिकले व्यक्तिगत तेस्रो र टिमका लागि पाँचौँ गोल गरे । खेलमा दुर्गापुरले पाएका अवसरलाई सदुपयोग गर्न नसक्दा घर फर्कियो । दमक नगरपालिकाको दमक नगर खेलकुद विकास समितिको आयोजनमा भएको बिहीबारको खेलमा विजयी गोर्खाब्वाइजका यानिक म्यान अफ दि म्याच भए । उनले नगद दश हजार प्राप्त गरे । 

शुक्रबारको पहिलो क्वाटरफाइनल खेल बागमती यूथ क्लब सर्लाही र मनाङमस्र्याङ्दी क्लबबीच हुने आयोजक दमक नगर खेलकुद विकास समिति अध्यक्ष भीमराज चाम्लागाईंले जानकारी दिए । बागमतीले यसअघि आयोजक दमक(११ लाई हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप