बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

भैंसी गोठमा बलात्कार गरेको आरोपमा युवक पक्राउ

बिहीबार, १० चैत २०७८, १८ : ५०
बिहीबार, १० चैत २०७८

मंसिरको पहिलो साता गोकान नेपाल रुकुम (पश्चिम) गए । २५ वर्षीय उनी कम्मल र गलैँचा व्यापारी हुन् । गलैँचा बेच्न उनी चौरजहारी बजारमा पुगे । त्यहाँबाट जाजरकोट जाँदा उनको भेट एक २८ वर्षीय महिलासँग भयो । परिचयसँगै उनीहरुले नम्बर साटासाट गरे ।

उनीहरु फोनमा कुराकानी गर्न थाले । भेटघाट गर्न तयार भए । जिल्ला सरकारी वकिल कार्यालय जाजरकोटले जिल्ला अदालत जाजरकोटमा दायर गरेको अभियोग पत्रअनुसार गोकान र ती महिलाबीच २२ फागुनमा महिलाको भैंसी गोठमा भेटघाट भयो । भेटपछि गोकनले ति महिलालाई भेरी नगरपालिका–५ स्थित मटेलामा रहेको गोठमा बलात्कार गरेको विवरण अभियोग पत्रमा उल्लेख छ । उनीविरुद्ध महिलाले घटनाको भोलिपल्ट प्रहरीमा जाहेरी दिइन् । प्रहरीले उनलाई पक्राउ गरेर अनुसन्धान थाल्यो । घटनाको अनुसन्धान सकेर जिल्ला सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाइएको जाजरकोटका डिएसपी मधु थापाले रातोपाटीलाई बताए ।

सोही प्रतिवेदनको आधारमा कार्यालयले बुधबार जिल्ला अदालत जाजरकोटमा गोकानविरुद्ध ७ देखि १० वर्षसम्म कैद सजायको माग दाबी गर्दै अभियोग पत्र दायर गरेको छ । गोकानले महिलासँग सहमतिमै शारिरिक सम्पर्क भएको बयान दिएको विवरण उल्लेख छ । उनका अनुसार २० फागुनमा पनि ती महिलासँग उनको शारिरिक सम्पर्क सहमतिमै भएको थियो ।

अभियोग पत्रमा भनिएको छ, ‘महिलासँग फोनमा कुरा भई निजले आउनु भेटौँला भनेपछि भेट्न राति गई हाल वारदातस्थल भैंसी गोठमा भेट गरी सहमतिअनुसार रातभरि सँगै सुति करणी (शारीरिक सम्पर्क) गरी बिहान ३ बजेतिर दुबै जना उठेर पीडित दूध बिक्री गर्न खलङ्गा बजार जाने कुरा भई हामी दुबै जना आधा बाटोसम्म सँगै आई निज बजारतिर गइन् म आफ्नो काममा गएँ ।’

जिल्ला अदालत जाजरकोटमा गोकानविरुद्ध बलात्कारसम्बन्धी कसूरमा मुद्दा दर्ता भएको छ । अब अदालतमा थुनछेक बहस हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप