पहिलो हाफमा नेपाल र थाइल्याण्डको खेल बराबरी
बिहीबार, १० चैत २०७८, १८ : ४२
अन्तराष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपाली राष्ट्रिय फुटबल टोलीले अहिले थाइल्याण्डसँग प्रतिस्पर्धा गरिरहेको छ। चोनबरीमा जारी खेलको पहिलो हाफ सकिँदा नेपालले थाइल्याण्डसँग गोलरहित बराबरी खेलेको छ ।
एएफसी एसियन कप छनोट अन्तर्गत तेस्रो चरणको खेल अघि नेपालले थाइल्याण्डसँग खेलेको हो । आजको खेलमा बलियो टोली थाइल्याण्डलाई हराउने योजनामा नेपाल छ । फिफाको वरीयता सुधारका लागि पनि नेपाललाई आजको खेल महत्त्वपूर्ण छ ।
एसियन कप छनोटमा नेपाल समूह 'ए' मा रहेको छ । नेपाल रहेको समूहमा कुवेत, इन्डोनेसिया र जोर्डन रहेका छन् । नेपालको समूहको छनोट खेलहरु कुवेतमा आयोजना हुनेछ । छनोट खेलहरु जुन ८ देखि १४ सम्म हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख
-
आज दोस्रो क्वालिफायर : हारले घाइते जनकपुर र जितले उत्साहित कर्णालीबिच ‘गर या मर’ को भिडन्त
-
लिभरपुल, आर्सनल र न्यूक्यासल काराबाओ कपको सेमीफाइनलमा
-
आज कसलाई कति शुभ ? हेर्नुहोस् राशिफल
-
विदेशी मुद्राको विनिमय दर, कसको मूल्य कति पुग्यो ?
-
ला लिगाका दुबै खेल टुंगिए बराबरीमा