शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

पहिलो हाफमा नेपाल र थाइल्याण्डको खेल बराबरी

बिहीबार, १० चैत २०७८, १८ : ४२
बिहीबार, १० चैत २०७८

 अन्तराष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपाली राष्ट्रिय फुटबल टोलीले  अहिले थाइल्याण्डसँग प्रतिस्पर्धा गरिरहेको छ।​ चोनबरीमा जारी खेलको पहिलो हाफ सकिँदा नेपालले थाइल्याण्डसँग गोलरहित बराबरी खेलेको छ ।

एएफसी एसियन कप छनोट अन्तर्गत तेस्रो चरणको खेल अघि नेपालले थाइल्याण्डसँग खेलेको हो । आजको खेलमा बलियो टोली थाइल्याण्डलाई हराउने योजनामा नेपाल छ । फिफाको वरीयता सुधारका लागि पनि नेपाललाई आजको खेल महत्त्वपूर्ण छ । 
एसियन कप छनोटमा नेपाल  समूह 'ए' मा रहेको छ । नेपाल रहेको समूहमा कुवेत, इन्डोनेसिया र जोर्डन रहेका छन् । नेपालको समूहको छनोट खेलहरु कुवेतमा आयोजना हुनेछ । छनोट खेलहरु जुन ८ देखि १४ सम्म हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप