जापान र साउदी विश्वकपमा छनोट
बिहीबार, १० चैत २०७८, १८ : २९
दुई एसियन टोली जापान र साउदी अरेबियाले विश्वकपमा आफ्नो स्थान पक्का गरेका छन् । विश्वकपको एसियन छनोटअन्तर्गत बिहीबार भएको अन्तिम चरणको खेलमा जापानले अस्ट्रेलियालाई २–० ले पराजित गरेसँगै समूह ए मा २१ अंक जोडेको जापानले विश्वकपको टिकट काटेको हो ।
अस्ट्रेलिया पराजित भएसँगै समूह ए मा १९ अंक जोडेर दोस्रो स्थानमा रहेको साउदीले पनि विश्वकपमा आफ्नो स्थान पक्का गर्यो । अस्ट्रेलिया भने अब विश्वकपमा स्थान बनाउन दक्षिण अमेरिकी छनोटको पाँचौं स्थानमा रहने टोलीसँग प्लेअफ खेल्नेछ ।
बिहीबार जापानलाई घरेलु टोलीविरुद्ध जित दिलाउन दुवै गोल काउरु मितोमाले गरे । मितोमाले खेल सकिन एक मिनेट बाँकी रहँदा जापानलाई अग्रता दिलाएका थिए । यस्तै, इन्जुरी समयमा मितोमाले नै गोल गर्दै जापानलाई कतार विश्वकपसम्म दोहोर्याए । जापानले लगातार सातौँ पटक विश्वकप खेल्ने भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२ अर्बको १ करोडको अवैध कारोबार गर्ने नेपाली युवकको भारतमा अर्कै नाम
-
कांग्रेसले छानबिन समिति होइन, गृहमन्त्रीको राजीनामा मागेको हो : रमेश प्रसाईं
-
राजीनामा पछि महन्थ भेट्न पुगे उपेन्द्र, के भयो कुराकानी ?
-
ललितपुर मेयर महिला क्रिकेट : एपीएफ क्लबको लगातार दोस्रो जित
-
विश्वासको मतका लागि सुदूरपश्चिम प्रदेशसभाको बैठक आह्वान
-
२४ वर्षीय युवाद्वारा २ अर्ब १ करोडको अवैध कारोबार, प्रहरीद्वारा सार्वजनिक