२४ घण्टामा ३५ जनामा कोरोना संक्रमण, २६६ जना निको भएर फर्किए
बिहीबार, १० चैत २०७८, १७ : २७

पछिल्लो २४ घण्टामा ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ५२६८ जनामा गरिएको नमूना परीक्षणमा ३५ जनामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो समयावधिमा २६६ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् भने कसैको मृत्यु भएन ।
मन्त्रालयका अनुसार अहिले देशभर २२१९ जना सक्रिय संक्रमित रहेका छन् भने ८३२५३ जनाले कोभिड १९ विरुद्धको खोप लगाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनी कप महिला फुटबल प्रतियोगितामा आठ टोली
-
बझाङमा चट्याङ लागेर एक वृद्धाको मृत्यु, पहिरोले सडक अवरुद्ध
-
निर्माण व्यवसायीलाई राष्ट्र बैंकको राहत, बैंकको ब्याज भुक्तानीमा सहजीकरण
-
धोबीखोला करिडोर पीडितको प्रदर्शन
-
नारायणी किनारमा चैत्र ३१ गते साङ्गीतिक कन्सर्ट हुने
-
१० बजे १० समाचार : फरार दुर्गाको सन्देशदेखि नेपालको रेकर्डसम्म