नियू ब्रान्डको गोभा ५ इलेक्ट्रिक स्कुटर सार्वजनिक
नियू ब्रान्डको नयाँ स्कुटर गोभा ५ बिहीबार नेपाली बजारमा सार्बजनिक गरिएको छ । नेपालका लागि आधिकारिक बितरक इको इन्फिनिटीले एक कार्यक्रमको आयोजना गरी सो इलेक्ट्रिक स्कुटर लन्च गरेको हो ।
साथै यो स्कुटर खरिद गर्ने १० जना ग्राहकलाई आजै चाबी हस्तान्तरण समेत गरेको छ । अनावरण तथा साँचो हस्तान्तरण इको इन्फिनिटीका कार्यकारी निर्देशक तरुण बज्राचार्य र कार्यकारी निर्देशक प्रगुण राजभण्डारीले गरेका थिए । यो स्कुटरमा ३२ भोल्ट ४५ एम्पियर आवरको लिथियम आयोन ब्याट्री र ३ हजार वाट क्षमताको मोटर जडान गरिएको छ । जसलाई ७ घन्टाभित्र पूर्ण चार्ज गर्न सकिने र एकपटक चार्ज गरेपछि ८५ देखी १ सय किलोमिटरसम्मको रेन्ज प्रदान गर्ने दाबी गरिएको छ ।
८५ किलोमिटर प्रतिघन्टाको गतिमा हाक्न सकिने यो स्कुटरको दुबै चक्कामा ट्युवलेस टायर र डिस्क ब्रेक जडान गरिएको छ । यसमा रिजेनेरिटिभ ब्रेकिङ सिस्टम समेत उपलब्ध गराइएको छ । यो स्कुटरमा रियर रिफ्लेक्टर, प्रोटेक्टर, स्टेरिङ ह्यान्डलबार लक, राइट ह्यान्ड कम्विनेशन स्विच, फ्रन्ट फेन्डर, राइट रिफ्लेक्टर र भेहिकल आइडेन्टिफिकेसन नम्वर जस्ता फिचर्स दिइएको छ । रेड, ह्वाइट र ग्रे गरी कुल तीन कलर अप्सनमा उपलब्ध यसको शुरुवाती मूल्य ३ लाख २५ हजार रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री ओलीसँग रश्मिलाको प्रश्न : ऐन महरलाई कहिले कारबाही हुन्छ ?
-
आयोग गठन भाँडिएकोमा बाबुरामको प्रश्न : लाखौँ द्वन्दपीडितका आँसु बगिरहनुमा प्रमुख दोषी को हो ?
-
बुटवलमा औद्योगिक व्यापार मेला सुरु
-
प्रहरीले दैनिक ११७ जना मानिस पक्राउ गर्छ
-
सरकारले निजी लगानीलाई प्रोत्साहन गरिरहेको छ : अर्थमन्त्री पौडेल
-
रुसले किन दियो अफगानिस्तानमा तालिवानलाई मान्यता ?