बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

‘सीजी स्मार्ट होम, नयाँ वर्षको सुरुवात’ स्कीम सार्वजनिक, कुन सामानमा कति छुट ?

बिहीबार, १० चैत २०७८, १७ : ११
बिहीबार, १० चैत २०७८

इलेक्ट्रोनिक्स ब्राण्ड सीजीले नयाँ वर्ष २०७९ लाई लक्षित गर्दै “सीजी स्मार्ट होम, नयाँ वर्षको सुरुवात” नामक नयाँ वर्षको स्कीम बजारमा ल्याएको छ । सो स्कीम अन्तर्गत अब ग्राहकहरूले सी.जी. ब्रान्डका विभिन्न इलेक्ट्रोनिक्स् सामानहरूको खरिदमा रु.४९,९०० सम्मको आकर्षक क्यास ब्याक तथा अन्य विभिन्न पक्का उपहारहरू प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । 

उक्त स्कीम अन्तर्गत ग्राहकहरूले सी.जी. ब्राण्डका ५५ इन्च वा सो भन्दा माथिका टि.भी.को खरिदमा रु.५१९० बराबरको आकर्षक सी.जी.को स्पीकर  र ५० इन्च सम्मका टि.भी.को खरिदमा आकर्षक क्यास ब्याक प्राप्त गर्नेछन् । त्यसैगरी “मल्टी डोर साईड बाइ साईड रेफ्रिजेरेटरहरूको खरिदमा रु.४६४० मूल्य बराबरको आकर्षक सी.जी.को इन्डक्सन चुल्हो प्राप्त गर्नेछन् । 

यस्तै सी.जी. ब्राण्डका डबल डोर रेफ्रिजेरेटरको खरिदमा भने रु.१५५० बराबरको सी.जी. भ्याकुम फ्लास्क” र सिङ्गल डोर रेफ्रिजेरेटरको खरिदमा आकर्षक क्यास ब्याक उपहार प्राप्त गर्नेछन् । 

यसैगरी, फ्रन्टलोड वाशिङ मेशिनहरूको खरिदमा ६ के.जी एरियल पाउडर, सेमी अटोमेटिक तथा टप लोडिङ वाशिङ मेशिनको खरिदमा २ के.जी एरियल पाउडर र स्टीम वाश डिशवाशरको खरिदमा डिशवाशर किट प्राप्त गर्नेछन् । 

सी.जी. ब्राण्डका मल्टी मिडिया, साउन्ड बार र ट्रली जस्ता अडियो सिस्टमका खरिदमा आकर्षक क्यास ब्याक र माइक्रो ओभनको खरिदमा ग्राहकहरूले खाना पकाउने आकर्षक सामाग्रीहरू प्राप्त गर्ने कम्पनीले जनाएको छ । 

यो स्कीम अन्तर्गत सी.जी. ब्राण्डका फ्लोर स्ट्यान्डिङ/ सिलिङ क्यासेट/स्प्लीट वाईफाई इन्भर्टर एसीका खरिदमा ४००० बराबरको निःशुल्क जडान सेवा र चेस्ट फ्रिजर, एयर कुलर, भ्याकुम क्लीनरका खरिदमा आकर्षक क्यास ब्याक उपहार प्राप्त गर्ने पनि कम्पनीले जनाएको छ । यो योजना चैत १० गतेदेखि सीमित अवधिका लागि लागू हुने कम्पनीको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप