सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

पोखरामा दुर्घटना हुँदा स्कुटर चालकको मृत्यु

बिहीबार, १० चैत २०७८, १६ : २६
बिहीबार, १० चैत २०७८

कास्कीको पोखरा महानगरपालिका–२७ विजयपुरमा बिहीबार सवारी दुर्घटना हुँदा स्कुटर चालकको मृत्यु भएको छ । सोही घटनामा पैदलयात्री एक जना महिला घाइते भएकी छिन् । ग २२ प ००७ नम्बरको स्कुटरले पैदल यात्रीलाई ठक्कर दिएर ग १ क ९९६ नम्बरको स्कुल बसमा ठोकिएको थियो । 

दुर्घटनामा स्कुटर चालक पोखरा महानगरपालिका–१४ चाउथे बस्ने १९ वर्षिय किस्मत वाग्लेको मृत्यु भएको प्रहरीले जनाएको छ । गम्भिर घाइते उनलाई उपचारको लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पु¥याउनसाथ चिकित्सकले मृत घोषणा गरेका थिए । पैदलयात्री महिला भने उपचार पश्चात डिस्चार्ज भइसकेकी छिन् । दुबै सवारी साधन र बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप