खुला चौरमा बसेर पढ्न बाध्य जुम्लाका विद्यार्थी
जुम्लाको कनकासुन्दरी गाउँपालिका-३ गौरीगाउँमा रहेको नवदुर्गा आधारभूत विद्यालयका विद्यार्थी खुला चौरमा पढ्न बाध्य छन् । विद्यालयमा कक्षा कोठा नहुँदा विद्यार्थी उनीहरू चौरमै बसेर पढ्न बाध्य भएका हुन् । उनीहरू हिउँदको कठ्याङ्ग्रिँदो जाडोमा समेत चौरमै बसेर पढिरहेका हुन्थे ।
विद्यालयमा दुई कोठे तीनवटा भवन छन् । भएका भवनसमेत निकै जीर्ण र बस्न लायक छैनन् । विद्यार्थीहरूलाई बस्नको लागि कक्षा कोठा नभएर शैक्षिक सामाग्रीको प्रयोग गरेर शिक्षण गर्न कठिनाइ भएको प्राधानाध्यापक हरिबहादुर बुढा बताउँछन् ।
उनका अनुसार विद्यार्थीको गुणस्तर र सिकाई उपलब्धिमा प्रत्यक्ष असर परेको छ । विद्यालयमा तीन देखि १२ वर्ष सम्मका विद्यार्थी आउने गरेका छन् । कक्ष ५ मा अध्ययनरत निराजन बुढाले भने, ‘बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म खुला चौरमा बस्छौँ ।'
४० घरपरिवारका विद्यार्थीले यहाँ अध्ययन गर्छन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हर्क बुढाले विद्यालयको अवस्था हेरेर कतिपय अभिभावकले विद्यार्थीलाई निजी विद्यालयमा पढ्न पठाउने गरेको बताए । उनले अधिकांश अभिभावकको चासो निजी विद्यालय तिर गएकोले सरकारी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भ्रष्टाचारी शासन अन्त्य र देशभक्त पहिचानसहित पूर्ण समानुपातिक प्रणाली स्थापना
-
लिम्पियाधुराको विषयमा त्रिदेशीय सहमति गर्न माग गर्दै विरोध प्रदर्शन (तस्बिरहरू)
-
औपचारिक रूपमै समातिए दक्षिण कोरियाली राष्ट्रपति येओल
-
गाजामा युद्धविराम तत्कालै सुरु नगर्न इजरायली सेनालाई नेतन्याहुको आदेश
-
सरकारले गर्ने हरेक काम पारदर्शी र जनउत्तरदायी : मुख्यमन्त्री आचार्य
-
अखिल क्रान्तिकारीमा ३२ वर्ष उमेर हदसम्बन्धी विवाद छानबिन गर्न ३ सदस्य छानबिन समिति गठन