बैठकमा आफ्नो प्रतिवेदनमाथि उठेका प्रश्नको जवाफ दिँदै महासचिव विप्लव
बिहीबार, १० चैत २०७८, १५ : ५४
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द विप्लवले पार्टीको बैठकमा उठेका प्रश्नको जवाफ दिन लागेका छन् । ६ दिन अघि कपिलवस्तुमा सुरु भएको नेकपाको बैठकमा केन्द्रीय सदस्यहरुले राखेका धारणको महासचिव विप्लवले बिहीबार जवाफ दिने भएका हुन् ।
विप्लवले जवाफ दिएपछि उनको राजनीतिक प्रतिवेदनलाई पारित गरेर बैठक आज नै सक्ने तयारी भइरहेको छ । महासचिव विप्लवले आफ्नो राजनीतिक प्रतिवेदनमा आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सहभागी हुनु पर्ने उल्लेख गरेका छन् । तर बैठकमा केन्द्रीय सदस्यहरुले त्यसको विरोध जनाएका थिए । निर्वाचनमा सहभागी हुने वा नहुने भन्नेमा नेकपा दुई धारमा विभाजन भएपछि बैठक लम्बिएको थियो । बैठकमा ६९ जना केन्द्रीय सदस्य र ४ जना सल्लाहकारको सहभागिता रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘राष्ट्र बैंकको प्रावधानले गहना व्यवसायी समस्यामा’
-
सिक्री लुटेको आरोपमा किशोर पक्राउ
-
सिटीलाई ऐतिहासिक लगातार चौथो लिग उपाधि
-
पोखरामा लागुऔषध सेवनकर्ता विरुद्ध प्रहरीको स्विप अपरेसन
-
राहुल गान्धीले भने- ‘सत्तामा आएपछि अग्निवीर योजनालाई डस्टबिनमा फाल्छौँ’
-
इरानी राष्ट्रपति सवार हेलिकप्टर दुर्घटना हुनुअघिको तस्बिर सार्वजनिक