धोनीले चेन्नई सुपर किङ्ग्सको कप्तानी छोडे, को होलान् त नयाँ कप्तान ?
![धोनीले चेन्नई सुपर किङ्ग्सको कप्तानी छोडे, को होलान् त नयाँ कप्तान ?](https://rpcdn.ratopati.com/media/albums/dhoni_Y89XBz2wZ6.jpg)
इन्डियन प्रिमियर लिग अर्थात् आइपीएलको नयाँ सिजन सुरु हुनु दुई दिन अघि महेन्द्र सिंह धोनीले चेन्नई सुपर किङ्ग्सको कप्तानी छोडिदिएका छन् । उनको साटो रबिन्द्र जडेजा चेन्नई सुपर किङ्ग्स (सीएसके) का नयाँ कप्तान हुनेछन् ।
रबिन्द्र जडेजा सन् २०१२ देखि चेन्नई टिमका सदस्य हुन् । चेन्नई सुपर किङ्ग्सको तर्फबाट जारी बयानमा महेन्द्र सिंह धोनी यो सिजन र पछि पनि चेन्नईको टिमको हिस्सा बनिरहने बताएका छन् ।
महेन्द्र सिंह धोनीलाई सन् २००८ मा सीएसकेको कप्तान बनाइएको थियो । उनको कप्तानीमा चेन्नई सुपर किङ्ग्सले आइपीएलका चार उपाधि जितेका छन् । आइपिएलको १५ वर्षको इतिहासमा एकपटक मात्रै सीएसकेको टिम प्ले अफ्स्कका लागि क्वालिफाई हुन सकेको थिएन ।
📑 Official Statement 📑#WhistlePodu #Yellove 💛🦁 @msdhoni @imjadeja
— Chennai Super Kings (@ChennaiIPL) March 24, 2022
धोनीको कप्तानीमा सिएसके आइपीएलको सबैभन्दा सफल टिममा पर्न सफल भयो । धोनी र सुरेश रैनापछि रबिन्द्र जडेजा सिएसकेका तेस्रो कप्तान हुनेछन् । धोनीको कप्तानीमा चेन्नई सुपर किङ्ग्सले सन् २०१०, २०११, २०१८ र २०२१ मा आइपीएलको उपाधि जित्यो । धोनीको कप्तानीमा सिएसकेले १२१ म्याच जित्यो र जीतको प्रतिशत औसत ५९.६ प्रतिशत रह्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डलर उकालो, युरो ओरालो : पाउण्ड, रियाल, दिनार, क्रोनर र कोरियन वनको मूल्य बढ्यो
-
आजको दिन के मा लगानी गर्नु उपयुक्त ? हेरौँ राशिफल
-
लाजियोको पोष्टमा इन्टर मिलानको गोल वर्षा
-
प्रिमियर लिग : बर्नमथ र वेष्टह्यामले अंक बाँडे
-
बन्दीपुर भ्रमण वर्ष सफल पार्न गाउँपालिकाको जोडतोड
-
राष्ट्रिय प्रणालीमा जोडियो साञ्जेनबाट उपत्पादित विजुली