चैत मसान्तभित्र स्थानीय उम्मेदवार सिफारिस गर्न ओलीको निर्देशन
बिहीबार, १० चैत २०७८, २२ : ३५

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि एमालेले चैत मसान्तभित्र उम्मेदवारहरुकोे सिफारिस गरिसक्न मातहतका पार्टी कमिटीहरूलाई निर्देशन दिएको छ । बिहीबारको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष केपी शर्मा ओलीले चैत मसान्तभित्र उम्मेदवारको सिफारिस गरिसक्न निर्देशन दिएका हुन् ।
‘अध्यक्षले चैत मसान्तभित्र स्थानीय तहका उम्मेदवारहरू सिफारिस गरिसक्न निर्देशन दिनुभएको छ’, एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतले रातोपाटीसँग भने,‘पार्टीको सम्पुर्ण शक्ति निर्वाचनमा केन्द्रीत गर्न पनि निर्देशन दिनुभएको छ ।’ बुधबारबाट सुरु भएको एमाले केन्द्रीय कमिटी बैठक अध्यक्ष ओलीको प्रतिवेदन पारित र निर्वाचन केन्द्रीत रणनीति बनाउँदै बिहीबार सकिदैछ । एमालेले स्थानीय तहका उम्मेदवारको छनोट गर्न छ मापदण्ड तय गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘सडक आन्दोलन व्यवस्था फेर्न होइन, यो दलहरूप्रतिको वितृष्णा हो’
-
स्थानीयको अवरोधले नागढुंगा सुरुङमार्ग निर्माणमा अन्योल
-
पर्सामा लागुऔषध दुर्व्यसनविरुद्धको तीनमहिने अभियान
-
इलाममा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
-
दिल्लीको विजययात्रमा लगाम लगाउने धुनमा बलियो बेंगलुरु
-
दुलेगौडा–हर्कपुर मार्ग धमाधम कालोपत्र गरिँदै