नेप्सेमा आज पनि दोहोरो अंकको पहिरो, कारोबार रकम भने बढ्यो
बिहीबार, १० चैत २०७८, १५ : ३७
पूँजीबजार नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) लगातार दोस्रो दिन दोहोरो अङ्कले घटेको छ । बुधबार २०.३४ अंकले घटेको नेप्सेमा आज बिहीबार पनि १६.६९ अङ्कको पहिलो चलेको हो । नेप्से सूचक २६१३.६९ बिन्दुमा झरेको छ ।
कूल ५२ लाख ९८ हजार ५४३ कित्ता शेयर ३ अर्ब २४ करोड ८९ लाख ४३ हजार ८२५ रुपैयाँमा कारोबार भएको छ । बुधबार २ अर्ब ४ करोड ६३ लाख ५२ हजार ५४७ रुपैयाँमात्रै कारोबार भएकोमा बिहीबार कारोबार रकम भने केही बढेको हो ।
जीवन र निर्जीवन बीमा बाहेक सबै उपसूचक घटेका छन् । राष्ट्रउत्थान लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले प्रतिशतका हिसाबले सबैभन्दा धेरै कमाएका छन् । नेपाल फाइनान्स लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै अर्थात ४.६७ प्रतिशत शेयरमूल्य गुमाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण