नेप्सेमा आज पनि दोहोरो अंकको पहिरो, कारोबार रकम भने बढ्यो
बिहीबार, १० चैत २०७८, १५ : ३७

पूँजीबजार नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) लगातार दोस्रो दिन दोहोरो अङ्कले घटेको छ । बुधबार २०.३४ अंकले घटेको नेप्सेमा आज बिहीबार पनि १६.६९ अङ्कको पहिलो चलेको हो । नेप्से सूचक २६१३.६९ बिन्दुमा झरेको छ ।
कूल ५२ लाख ९८ हजार ५४३ कित्ता शेयर ३ अर्ब २४ करोड ८९ लाख ४३ हजार ८२५ रुपैयाँमा कारोबार भएको छ । बुधबार २ अर्ब ४ करोड ६३ लाख ५२ हजार ५४७ रुपैयाँमात्रै कारोबार भएकोमा बिहीबार कारोबार रकम भने केही बढेको हो ।
जीवन र निर्जीवन बीमा बाहेक सबै उपसूचक घटेका छन् । राष्ट्रउत्थान लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले प्रतिशतका हिसाबले सबैभन्दा धेरै कमाएका छन् । नेपाल फाइनान्स लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै अर्थात ४.६७ प्रतिशत शेयरमूल्य गुमाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँमा वायु प्रदूषणको अवस्था गम्भीर बन्दै, नियन्त्रणका लागि भएन पहल
-
स्थानीय ‘सम्पदा’ संरक्षणमा जुटे घरपझोङका युवा
-
नागरिक एप निर्देशिका खारेज लगायत मन्त्रिपरिषद् बैठकले गर्यो यी १३ निर्णय
-
राप्रपाको बिरोध सभामा सहभागीहरू भन्छन्, राजा पक्का फर्किन्छन्
-
नेपाल वेद र बुद्ध दुवैको भूमि हो, मौलिक सभ्यतालाई पुनर्जागरण गर्न गुरुकुलतर्फ लाग्नुपर्छ : संस्कृति मन्त्री
-
सरकारले वार्तामा बोलाएपछि शिक्षक महासंघ समिक्षा बैठक गर्दै