बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

नेपालको वैदेशिक सम्बन्धका विषयमा भर्चुअल अन्तरक्रिया

बिहीबार, १० चैत २०७८, १५ : १७
बिहीबार, १० चैत २०७८

नेपालको वैदेशिक सम्बन्धका विषयमा अन्तरक्रिया कार्यक्रम हुने भएको छ । अन्तर्राष्ट्रिय युवा प्रजातान्त्रिक संघले यही चैत १४ गते कार्यक्रम गर्न लागेको हो ।  भर्चुअल माध्यमबाट हुने कार्यक्रममा नेपालको वैदेशिक सम्बन्धका साथै वर्तमान राजनीतिक अवस्थाका विषयमा विचारविमर्श हुने संघका उपाध्यक्ष हिम्मतजंग कार्कीले जानकारी दिए । 

यस्तै दक्षिण एसियन क्षेत्रलाई नेपालले हेर्ने दृष्टिकोणका विषयमा छलफल हुने कार्यक्रम रहेको  उनले बताए । कार्यक्रमलाई राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष तथा अर्थविद् डा प्रकाशचन्द्र लोहनीले विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको उनको भनाइ छ । उक्त कार्यक्रममा नेपालबाट राष्ट्रिय योजना आयोगका पूर्वसदस्य डा गीताभक्त जोशीको पनि सहभागिता रहनेछ । 

कार्यक्रममा भारतीय जनता पार्टीका सौरभ चौधरी, बेलायत कन्जरभेटिभ पार्टीका एमपी निकोला रिचार्ड, अष्ट्रेलियाको लिबरल पार्टीका जोश मनुओट लगायत ३५ देशका प्रतिनिधि सहभागी हुने कार्कीले बताए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप