उद्योगमा बिजुली आपूर्ति रोकिएपछि कुलमानले भने – लोडसेडिङ होइन, अल्पकालिन समस्या हो
उत्पादनमूलक उद्योगहरूमा बिजुली आपूर्ति रोकिएपछि चौतर्फी विरोध खेपेको विद्युत प्राधिकरणले लोडसेडिङ सुरू नभएको प्रष्टिकरण दिएको छ । प्राधिकरणले आज पत्रकार सम्मेलन गरेर लोडसेडिङ सुरू भएको हल्ला सही नभएको जानकारी दिएको हो ।
कार्यक्रममा बोल्दै प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले भने, ‘भारतमा बिजुलीको मूल्य बढेकाले हिजो आयातमा समस्या भएको हो । त्यो लोडसेडिङको सुरुवात होइन ।’ उनले हिजो प्राधिकरणले अर्डर गरेको मूल्यमा बिजुली किन्न नपाउँदा आपूर्तिमा समस्या भएको बताए ।
हिजो देखिएको समस्या अल्पकालिन भएको र त्यो समाधान भइसकेकाले उद्योगहरूको आपूर्ति सहज बनाउँदै लगिने घिसिङको भनाइ छ । उनले अहिले नेपालको बिजुली उत्पादनमा ‘ड्राई’ सिजन चलिरहेकाले माग धान्न भारतबाट दैनिक ४०० मेगावाटसम्म आयात गर्नुपर्ने स्थिती रहेको जनाए ।
‘हामीले दैनिक ४०० मेगावाटसम्म बिजुली आयात गर्दै आइरहेको छ । हिजो पनि बढेको मूल्यमा हामीले किन्न खोजेका थियौं,’ उनले भने, ‘तर, हिजो हामीले किन्न खोज्दा खोज्दै मूल्य उच्च भइदियो र अर्डर गरेको मूल्यमा बिजुली पाइएन ।’ जसकारण, केही उद्योगहरूमा बिजुली आपूर्ति असहज भएको उनको भनाइ छ ।
यसअघि, नेपालले भारतबाट प्रतियुनिट ४.१६ भारू तिरेर बिजुली किन्दै आएको थियो । जुन, बढेर ९ भारूसम्म पुगेको र सोही मूल्यमा बिजुली अर्डर गर्दा बढेर १२ भारूभन्दा माथि पुगेकाले किन्न समस्या भएको प्राधिकरणले स्पष्टिकरण दिएको छ । प्राधिकरणका अनुसार आज राती १२ बजेदेखि बिजुलीको आपूर्ति सामान्य हुने र केही उद्योगमा आलोपालो गर्नुपरेमा पनि आपूर्तिमा समस्या नहुने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण