शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

कुलमान घिसिङले भने– लोडसेडिङ हुँदैन

बिहीबार, १० चैत २०७८, १४ : ३३
बिहीबार, १० चैत २०७८

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लोडसेडिङ नहुने जानकारी दिएका छन् । बिहीबार पत्रकार सम्मेलन गरेर उनले उद्योगसहित कतै पनि लोडसेडिङ नगर्ने बताएका हुन् । 

‘लोडसेडिङ हुन लागेको हल्ला चलेको छ,’ उनले भने, ‘तर हामी नेपालमा लोडसेडिङ हुन दिँदैनौँ ।’ 

भारतमा ऊर्जा संकट आएपछि नेपालमा पनि यसको असर परेको भन्दै उनले केही समयका लागि महसुल बढाएर भए पनि नियमित विद्युत् दिने बताए । 

अहिलेको समयमा ३५० मेगावाट विद्युत भएमा सिस्टम चल्ने भन्दै उनले यो समस्या जेठबाट स्वतः अन्त्य हुने कार्यकारी निर्देशक घिसिङले बताए । उनका अनुसार जेठमा तामाकोशीसहितका हाइड्रोपावरबाट विद्युत उत्पादन हुने हुँदा विद्युत प्रवाहमा समस्या हुँदैन । 

असारदेखि नेपालले पाँच सय मेगावाट विद्युत निर्यात गर्न सकिने भन्दै उनले अहिले तत्काल देखिएको समस्यामात्र रहेको बताए । यस्तो समस्या सधैं नदेखिने भन्दै उनले लोडसेडिङ नहुने दोहो¥याए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप