सिर्जनशील समाज नेपाललाई ‘पिर’ गीतको टिमबाट सहयोग प्रदान
बिहीबार, १० चैत २०७८, १४ : ३२

प्रकाश सपुतको चर्चित पछिल्लो गीत ‘पिर’ को टिमले सिर्जनशील समाज नेपाललाई आर्थिक सहयोग प्रदान गरेको छ । निकै चर्चित बनेको उक्त गीतबाट भएको आम्दानीको केही हिस्सा आर्थिक सहयोगस्वरुप सिर्जनशील समाज नेपाललाई प्रदान गरिएको हो ।
बिहीबार राजधानीमा आयोजित कार्यक्रममा प्रकाश सपुतले सहयोग रकमको चेक हस्तान्तरण गरेका हुन् । कार्यक्रममा सहयोगबापत प्रदान गरिएको रकम भने खुलाइएन । सिर्जनशील समाज नेपालले ४७ जना द्वन्द्व पीडित बालबालिकालाई संरक्षण गर्दै आएको पनि सो अवसरमा जानकारी दिइयो ।
गायक प्रकाश सपुतले सिर्जनाले नै सफलता र असफलताको भारी बोकोस् भन्ने मान्यता आफूले राख्ने गरेकै कारण त्यसैले गीत निकाल्नु अघि त्यसबारे चर्चा नगरेको सुनाए । सिर्जनापछि आएका केही प्रश्नलाई भने सार्वजनिक रुपमा कार्यक्रम गरेर जवाफ दिँदै आएको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यानाडालाई स्टील र आल्मुनियममा ५० प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा
-
पेरिस पुगेर फ्रान्सेली नागरिकलाई पर्यटनमन्त्री पाण्डेलेले दिए नेपाल भ्रमणको निम्तो
-
स्ववियु निर्वाचन : देशभर अधिकांश क्याम्पसमा उम्मेदवारी दर्ता, काठमाडौंमा शङ्करदेवसहित ७ क्याम्पसमा विवाद
-
१२ बजे, १२ समाचार : राष्ट्रिय सुरक्षा चुनौतीबारे प्रधानमन्त्री ओलीको चिन्तादेखि चैते धानको मूल्य निर्धारणसम्म
-
श्रीमतीसँग झगडा परेपछि हराएका महर्जन १७ दिनपछि शिवपुरी जङ्गलमा भेटिए मृत
-
मर्यादित भएर होली पर्व मनाउन प्रशासनको उर्दी