आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

गुल्मीमा १२ वटा दल दर्ता

बिहीबार, १० चैत २०७८, १४ : २७
बिहीबार, १० चैत २०७८

आगामी स्थानीय तहको निर्वाचनमा चुनाव चिन्ह प्राप्तिका लागि गुल्मीमा १२ वटा दल दर्ता भएका छन् । जिल्ला निर्वाचन अधिकृत माया कुँवरका अनुसार राप्रपा नेपाल, राप्रपा, राजमो, राष्ट्रिय जनमुक्ति पार्टी, नेकपा माले, विवेकशील साझा पार्टी ,मङ्गोल नेशनल अर्गनाइजेसन पार्टी ,नेपाली काङ्ग्रेस बिपिले पार्टी दर्ता गराएको छ । 

यस्तै सामाजिक एकता पार्टी , उन्नत लोकतन्त्र पार्टी र जन समाजवादी पार्टी पनि दल दर्ता गरेका छन । एमालेबाट फुटेर केही महिना अघि मात्र गठन भएको नेकपा एकीकृतले भने राष्ट्रिय मान्यता प्राप्त दलको सूचीमा परी चुनाव चिन्ह कलम पाइसकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप