पुटिनले युक्रेनमा आक्रमण गरेर ‘ठूलो गल्ती’ गरे : नेटो प्रमुख
बिहीबार, १० चैत २०७८, १४ : २४
नेटोका प्रमुख जेन्स स्टोल्टेनबर्गले बिहीबार रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा आक्रमण गरेर ‘ठूलो गल्ती’ गरेको आरोप लगाएका छन् । ‘राष्ट्रपति पुटिनले ठूलो गल्ती गरेका छन् र त्यो भनेको स्वतन्त्र सार्वभौमसत्ता सम्पन्न राष्ट्र विरुद्ध युद्ध शुरु गर्नु हो’ उनले भने।
उनले युक्रेनी जनताको शक्ति, युक्रेनी जनता र उनीहरुको सशस्त्र बलको बहादुरीलाई कम मूल्याङ्कन गरेका छन्’ स्टोल्टेनबर्गले ब्रसेल्समा शिखर सम्मेलन शुरु हुनु अघि भनेका छन्। स्टोल्टेनबर्गले जनाएअनुसार अमेरिकी नेतृत्वको सैन्य गठबन्धनका नेताहरूले पूर्वी सदस्यहरू रोमानिया, हंगेरी, स्लोभाकिया र बुल्गेरियामा नयाँ तैनाथीलाई सहमति दिएर ‘लामो अवधिमा हाम्रो प्रतिरोध र रक्षाको पुनः स्थापनाको आवश्यकतालाई सम्बोधन गरिनेछ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सत्तापक्ष नरम, विपक्षी गरम
-
पुस २९ गतेपछि नियुक्ति हुने शिक्षक मात्रै योगदानमा आधारित पेन्सन योजनामा समावेश हुने
-
८० जना सांसद देखाएर देउवा फकाउने प्रचण्ड प्रयास
-
लुम्बिनी प्रदेश सभामा प्रशिक्षण प्रतिष्ठान स्थापना सम्बन्धी विधेयक पेस
-
ट्रकको ठक्करबाट एक पैदल यात्रीको मृत्यु
-
सरकार मुलुकमा शान्ति सुरक्षा कायम राख्न दृढ : गृहमन्त्री लेखक