शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

आईसीसी महिला विश्वकप : दक्षिण अफ्रिका सेमिफाइनलमा

बिहीबार, १० चैत २०७८, १३ : ०८
बिहीबार, १० चैत २०७८

दक्षिण अफ्रिका आईसीसी महिला विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।  वेष्ट इन्डिज विरुद्धको खेल खराब मौसमको कारण स्थगित भएपछि दक्षिण अफ्रिका सेमिफाइनल पुगेको हो । पानी परेका कारण ढिलो सुरु भएको खेललाई २६ ओभरमा छोट्याइएको खेलले ११ औ ओभरबाट निरन्तरता पाउन नसकेपछि खेल रद्द गर्नुपरेको थियो ।  

यता सात खेलमा सात अंक रहेको वेष्ट इन्डिजको विश्वकपको यात्रा अब भारत र इंग्ल्याण्डको खेलको नतिजामा भरपर्ने छ । खेलमा वेष्ट इन्डिजले टस जितेर पहिले बलिङ रोजेपछि दक्षिण अफ्रिका ब्याटिङमा आएको थियो । १० ओभर ५ बलमा ४ विकेट गुमाएर दक्षिण अफ्रिकाले ६१ रन जोडेपछि पुनः खराब मौसम बाधक बन्न पुग्यो र खेल खेल रद्द भएको थियो । 

यसअघि अष्ट्रेलियाले ६ खेलमा ६ जित निकाल्दै १२ अंकका साथ सेमिफाइनलमा स्थान पक्का गरेको थियो । दक्षिण अफ्रिका सेमिफाइनल पुग्ने दोस्रो टोली हो । यता बिहीबार नै भएको अर्को खेलमा इङ्ग्ल्यान्डले पाकिस्तानलाई ९ विकेटले पराजित गर्दै अन्तिम चारको सम्भावना कायम राखेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप