शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

सपनामा प्रेमीसँग यौनसम्बन्ध राखेको वा मलमा सपिङ गरेको देख्नुको अर्थ के ? विज्ञबाट थाहा पाउनुहोस् कारण

बिहीबार, १० चैत २०७८, १३ : ०५
बिहीबार, १० चैत २०७८

कहिले पूर्व प्रेमीको सपना देख्नुभएको छ । तपाईंले सपनामा पूर्व प्रेमी–प्रेमिकाको विवाह भइरहेको देख्नुभएको पनि हुनसक्छ वा उनले तपाईंको कपाल खेलाएर तपाईंलाई प्रेम व्यक्त गरिरहेका छन् वा पूर्व प्रेमीको उनकी श्रीमतीसँग सम्बन्धविच्छेद भएको छ र उनी तपाईं भएठाउँ आएका छन्..... एक्सबारे यस्ता नानाभाँती सपनाले तपाईंलाई खुसी वा दुःखी दुबै बनाउन सक्छ । आखिर यस्ता सपना किन देखिन्छन् त ? यस्ता सपनाको अर्थ के हो र यसलाई कसरी बुझ्ने ?

सपना किन देखिन्छ, यसबारे सुरुमा थाहा पाऔँ :

भारतको भोपालका बंसल अस्पतालमा कन्सल्टेन्ट साइकेट्रिस्ट डा. सत्यकान्त त्रिवेदीका अनुसार हाम्रो जीवनमा कुनै पनि घटना घटेका छन्, जसलाई हामीले पहिले नै भेटेका छौँ, तीमध्ये जो पनि सपनामा आउन सक्छन् । पूर्व प्रेमीको सपना मात्रै देखिन्छ भन्ने होइन ।

डा. सत्यकान्त भन्छन्, ‘जुन चिजका लागि मनमा अन्तरद्वन्द्व हुन्छ, ती कुराको सपना बढी देखिन्छ । जस्तै कि यदि पूर्व प्रेमीको कुरा गर्ने हो भने उनीसँग हाम्रो राम्रो नराम्रो दुबै याद जोडिएको हुन्छ या कुनै अन्तर्द्वन्द्व रहने गर्छ । यस्ता कुरा नै हामीले सपनाको रुपमा देख्छौँ । हाम्रो अवचेतन मनमा के के याद भरिएका छन्, त्यो नै सपनाको प्रतीक हो । साधारणतया जुन चिजमा अन्तर्द्वन्द्व हुन्छ, त्यस्ता कुरा सपनामा देखिन्छ ।

माइथोलोजिस्ट अहिल्या किताबका लेखक र कोबाल्ट ब्लू फाउन्डेशनका संस्थापक संदिप वर्मा भन्छन्, ‘सपना हाम्रा अवचेतन मनका चिन्ह हुन् जसलाई हाम्रो दिमागले पैदा गर्छ । एकछिन मानौँ कि सपनामा तपाईं र तपाईंका पूर्व प्रेमी जङ्गलमा हुनुहुन्छ वा कुनै सपिङ मलमा हुनुहुन्छ वा विवाह हुन लागेको छ भने जुन वातावरणमा तपाईंले यो सपना देखिरहनुभएको छ त्यो पनि तपाईंको अवचेतन मनको प्रतीक हो ।’

अधुरो कहानीको पूरा फिल्म हो ‘एक्सको सपना’

सपना एउटा भ्रम हो, वास्तविकता होइन । यो भ्रम सिर्जनाको हुनुको पछाडि संदिप वर्मा तीन कारण बताउँछन् । पहिलो, तपाईंको आफ्नो पछिल्लो सम्बन्ध अधुरो रहेको होस् । कारण थाहा नपाई ब्रेकअप भएको भए वा सम्बन्धका केही घाउ भरिन पाएका छैनन् भने वा सम्बन्ध टुटेको भए । त्यसको अन्त्य दिमागमा हुँदैन र त्यसैको अन्त्य बनाउनका लागि दिमाग मिथक बनाउँछ । जस्तै तपाईं त्यो सम्बन्धको अन्त्य बारे सोच्न सक्नुहुन्छ कि तपाईंलाई तपाईंका पूर्व प्रेमीले शपिङ मलमा लगेर मंगलसूत्र लगाइदिन्छन्, तपाईं मन्दिरमा विवाह गरिरहनुभएको होला वा यौन सम्बन्ध स्थापित गरिरहेको देख्नुभएको होला... तर यी तरिकाले तपाईं आफ्नो सम्बन्धको अन्त्यबारे सोचिरहनुभएको हुन्छ । तपाईंको कहानी अधुरो रह्यो त्यसैले दिमागले राती सुतिरहेका बेला त्यसको अन्त्यको मिथक तयार गर्छ ।

संदीपले यस्तो सपना देखिनुका दोस्रो कारणबारे पनि जानकारी दिएका छन् । उनका अनुसार जब तपाईं आफ्नो वर्तमान सम्बन्ध वा विवाहमा खुसी हुनुहुन्नँ भने पनि यस्ता सपना देख्नुहुन्छ । यस्तोमा व्यक्तिको दिमागले एउटा फ्यान्टेसी बनाउँछ ‘काश, ऊ भएको भए मेरो जीवन यस्तो हुँदैनथ्यो, जीवन रमाइलो हुन्थ्यो ।’ मानिसहरु आफ्नो एक्सबारे नोस्टेल्जिया बनाउने गर्छन् ।

सपनाले जब तनाव दिन थाल्छ, तब के गर्ने ?

संदिप वर्मा ती सपनाको हलबारे पनि बताउँछन् जसले तपाईंलाई तनाव दिन थाल्छन् । थुप्रै पटक सपना देख्दादेख्दै तपाईं मध्यरातमा ब्यूँझनुहुन्छ र डरका कारण पसिनाले निथ्रुक्क भएको पनि हुनसक्छ वा एउटै खालका सपना बारम्बार आउँछ भने यस्ता सपनाको समाधानका लागि तपाईंले यसलाई कतै लेख्नुहोस् ।

यति त्यो सपना एक्स बारे नै हो भने पनि त्यसलाई एउटा कागजमा लेख्नुहोस् । त्यो सपनाबाट यो पनि निकाल्ने कोसिस गर्नुहोस् कि सपनामा जे जति क्वालिटिज देख्नुभयो, तीमध्ये तपाईंसँग कति मिल्दाजुल्दा छन् ? यसले तपाईंलाई हिलिङमा पनि मद्दत पुर्याउनेछ । 

यस्ता सपनाबाट छुटकारा पाउने एउटा तरिका यो पनि हो कि तपाईं जुन सम्बन्धमा हुनुहुन्छ त्यसमा यदि तपाईंहरुबीच सहकार्य हुन सकेको छैन भने सम्बन्ध समाप्त गर्नुअघि पार्टनरसँग इमान्दारिताका साथ सम्बन्ध किन बन्न सकेन भनेर छलफल गर्नुहोस् । जब सम्बन्ध समाप्त गर्नुपर्ने कारण बताइन्छ भने यससँग जोडिएका सपना देखिने छैन । जब तपाईं कुनै सम्बन्धलाई यसरी समाप्त गर्नुहुन्छ भने यसबारे कसैलाई भन्नका लागि तपाईंसँग एउटा पूरा कहानी हुनेछ । त्यो कहानी अधुरो हुने छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप