बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

आयातमुखी नीति बनाउँदा स्रोतसाधन खेर गइरहेको छः व्यापार संघ

बिहीबार, १० चैत २०७८, १२ : ५४
बिहीबार, १० चैत २०७८

अखिल नेपाल राष्ट्रिय उद्योग व्यापार संघले आयातमुखी नीति बनाउँदा स्रोतसाधन खेर गइरहेको उल्लेख गरेको छ । संघले विज्ञप्ती निकाल्दै राज्यले आयातमुखि अर्थतन्त्र निर्माणमा भूमिका खेल्नुपर्नेमा आयातमुखी नीति बनाउँदा समस्या उत्पन्न भइरहेको उल्लेख गरेको हो ।

नेपालको अर्थतन्त्रलाई मजबुतं पार्न उद्योगको संरक्षण र प्रोत्साहन गर्ने नीति अवलम्बन गर्न सकेमा विदेशिने जनशक्ति स्वदेशमै रोक्न सकिने संघको अपेक्षा छ । मुलुक चलाउन विप्रेषणको भर पर्ने सरकारी नीति नै स्वदेशमा उद्योगधन्दा नखुल्नुको मूख्य कारण भएको संघको भनाइ छ ।

यही क्रममा संघले स्वदेशमै सहजरुपबाट उद्योग÷व्यवसाय सञ्चालन गर्ने वातावरण सृजना गर्न सरकार समक्ष माग गरेको छ । संघले उद्योगधन्दा फस्टाउन पेट्रोलियम पदार्थ लगायत दैनिक उपभोग्य वस्तु लगायतका सामग्रीको मूल्यवृद्धि नियन्त्रण गरिनुपर्ने बताएको छ । यस्तै, उद्योग सञ्चालनको वातावरण नबन्नुमा मौलाउँदो नीतिगत भ्रष्टाचार र भ्रष्टाचारीलाई उन्मुक्ति दिइनु पनि मूख्य कारण भएको उल्लेख गरेको छ । 

यसैगरी, एक गाउँपालिका एक उत्पादन, एक जिल्ला एक औद्योगिक करिडोर घोषणा गरेर उत्पादनको बजारीकरणमा सरकारले सहयोग पुर्याउनुपर्ने समेत संघको माग छ । यसका साथै, विदेशीन बाध्य लाखौं जनशक्तिलाई स्वेदशमै रोक्ने गरेर स्वदेशी कच्चा पदार्थमा आधारित उद्योग स्थापना गर्ने वातावरण निर्माणमा समेत सरकारले भूमिका खेल्नुपर्ने संघको माग छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप