नासाको दाबी : हाम्रो सौर्यमण्डल बाहेक ५००० ग्रह, ६५ वटा हालै खोजियो ; २०० ग्रह पृथ्वीजस्ता

person explore access_timeचैत १०, २०७८ chat_bubble_outline0

हाम्रो मनमा एउटा प्रश्नले बारम्बार घच्घचाइरहेको हुन्छ कि के यो ब्रम्हान्ड पर धर्तीबाहेक पनि कतै जीवन सम्भव त छ ? यो प्रश्नको जवाफमा हामी एलियन्सबारे धेरै कुरा जान्न चाहन्छौँ । प्रश्न यो पनि छ कि ती कुन–कुन ग्रहमा होलान् ? यसको जवाफ अमेरिकन अन्तरिक्ष एजेन्सी नासाले पनि खोजिरहेको छ । 


नासाले सौर्य मण्डलबाहेक पनि अन्तरिक्षमा ५००० यस्ता ग्रह छन् जसको पहिचान भइसकेको छ भनेर दाबी गरेको छ । विशेष कुरा यो हो कि यस्ता करिब ६५ ग्रह हालै पत्ता लागेका छन् । करिब २०० ग्रह पृथ्वी जस्तोजस्तै छन् । 



हरेक एक एक्सोप्लानेट आफैँमा एउटा दुनियाँ:



भर्खरै पुष्टि भएको एक्सोप्लानेटमा के–२–३७७ बी नाम समावेश छ । जुन ‘सुपर अर्थ’ हो ।  यसले आफ्नो ताराको एउटा परिक्रमा पूरा गर्न १२.८ दिन लाग्छ । यी ग्रहहरु नासा एक्सोप्लानेट अर्काइभमा राखिएको छ । आर्काइभका प्रमुख जेसी क्रिश्चियनसेनले यो तथ्य असाध्यै उत्साहित गर्ने किसिमको बताएका छन् । उनले भनेका छन्, ‘हामी सबैजना यसबारे थप जान्न चाहन्छौँ ।’

हरेक एक एक्सोप्लानेट आफैँमा एउटा दुनियाँ हो । एक्सोप्लानेट हाम्रो सौर्यमण्डलभन्दा बाहिर हुन्छ । यसले सूर्यको साटो कुनै अन्य ताराको परिक्रमा गर्छन् । नासाले यसअघि पनि ९० को दशकमा करिब ३००० एक्सोप्लानेटको खोजी गरिसकेको छ । 

सबै ग्रह सौर्यमण्डल र ग्यालेक्सी बाहिर

यसबारे नासाले ट्रान्सिटिङ एक्सोप्लेनेट सर्भे स्याटलाइट (टेस) को मद्दतले पत्ता लगाएको छ । यी सबै ग्रह हाम्रो सौर्यमण्डल वा आकाशगंगाभन्दा बाहिर छन्, त्यसैले यसलाई एक्सोप्लानेट्स भनिँदैछ । यी सबैलाई टेसको मद्दतले खोजी गरिएका कारण यसलाई टेस अक्जेक्ट इन्ट्रेस्ट भनिएको छ । द नेन्सी ग्रेस रोमन स्पेस टेलिस्कोप सन् २०२७ मा लञ्च हुँदैछ । 

हालसम्म ३५ प्रतिशत नेपच्युनजस्ता ग्रह भेटिए

एक्सोप्लानेटमा ३० प्रतिशत ग्यास ग्लेट्स छन्, ३१ प्रतिशत सुपर–अर्थ र ३५ प्रतिशत नेपच्युन जस्ता ग्रह छन् । ४ प्रतिशत मात्रै पृथ्वी वा मंगलजस्ता चट्टानी ग्रह छन् । युरोपियन स्पेस एजेन्सीको एरियल मिसन सन् २०२९ मा लञ्च हुनेछ ।

थप जानकारी:

ब्रम्हाण्डको निर्माणको बिग ब्याङ्ग थ्योरीलाई सबैभन्दा बढी स्वीकार गरिन्छ । यसमा पूरा ब्रह्माण्ड द्रव्य र ऊर्जाले बनेको भनिएको छ । 

– ब्रह्माण्डको सबै द्रव्य एउटा तातो गोलाको रूपमा थियो । करिब १३.७ अर्ब वर्ष अघि अत्यधिक दबाबका कारण यसमा बिग ब्याङ्ग अर्थात् महाविस्फोट भयो ।

विस्फोटपछि सारा द्रव्य असङ्ख्य कणको रूपमा फैलियो, जुन लगातार फैलिरहेको छ । यी विस्फोटले ग्रह तारा बने । 

ग्रह–ताराको अत्यधिक विशाल समूहलाई आकाशगङ्गा (ग्यालेक्सी) भनिन्छ । ब्रह्माण्डमा १९ अर्ब ग्यालेक्सी भएको अनुमान छ । एक ग्यालेक्सीमा अर्बौँ आकाशीय पिण्ड हुन्छन् । 

अनुमानका अनुसार आकाशगङ्गा करिब २.४० लाख किलोमिटर प्रति घण्टाको गतिले एक–अर्काबाट टाढा भागिरहेका छन् । 

– हाम्रो सौर्यमण्डल जुन आकाशगङ्गामा छ, त्यसलाई मिल्की वे भनिन्छ । यसको लम्बाई करिब एक लाख प्रकाश वर्ष छ । यसमा करिब १०० अर्ब तारा छन् । 

– प्रकाशले एक वर्षमा जति टाढा यात्रा गर्छ, त्यसलाई एक प्रकाश वर्ष भनिन्छ । प्रकाश एक सेकेन्डमा करिब तीन लाख किलोमिटर यात्रा गर्छ । 

– मिल्की वेको तुलनामा हाम्रो सौर्यमण्डल एउटा टिकाको बराबर छ । मानिसले बनाएको उपग्रहमध्ये भोयजर–वानले मात्रै सौर्यमण्डल पार गरेको छ । यो २३ अर्ब किलोमिटर टाढा पुगिसकेको छ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।