शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

चुरे पहाडमा भीषण पहिरो, खयरमारासहितका वस्ती जोखिममा

बिहीबार, १० चैत २०७८, १२ : १३
बिहीबार, १० चैत २०७८

महोत्तरीको बर्दिबासस्थित खयरमाराको चुरे पहाडमा भीषण पहिरो गएको छ । बुधबार राति खयरमाराको भित्री बस्ती नजिकै तिनतलेबाट भीषण पहिरो खसेको हो । पहिरोले खयरमाराको खोला पुरेको छ भने वरपरको वस्ती जोखिममा परेको छ । स्थानीय युवा इशारा लामाका अनुसार भीषण पहिरो गएसँगै स्थानीयहरू त्रसित छन् । पहिरोले खोला नै पुरेपछि छोडके, पिपलदमा, गुरुङ खोला, चनौटे, गर्दिखोला, भाङग्रे झ्याउरे तथा खयरमाराको मुख्य बजारमा नै जोखिम हुन सक्ने स्थानीयहरुको भनाइ छ ।

बेमौसमी पहिरोले त्रसित बनाउने गरी ठूलो पहिरो गएपछि  वर्षायाममा हुन सक्ने खतराबाट कसरी जोगिने भन्ने विषयमा स्थानीयहरुले चिन्ता लिइरहेको इशारा लामाले जानकारी दिए । अहिले खोलाबाट खयरमारा र बर्दिबास जाने बाटो बन्द भएको छ । सडक सञ्जालको सुविधा नहुँदा खयरमारास्थित भित्री वस्तीका स्थानीयहरू खोलाबाट नै आवतजावत गर्दै आएका छन् ।

सुरुमा सानो पहिरो गएको भए पनि राति २ बजेबाट ठूलो पहिरो जान थालेको स्थानीयहरू बताउँछन् । पहिरो गएको नजिक र वरपर मात्र करिब दुई सय घरधुरी बसोबास गर्दै आएका छन् ।

तराईमा पछिल्लो दुई दिनयता अत्याधिक बढेको तापक्रमका कारण पहिरो गएको हुन सक्ने वातावरणविदहरूको अनुमान छ । वातावरणविद नागदेव यादवका अनुसार चुरे पहाडमा रहेको खुकुलो चट्टानमा चिसो र तातोको सन्तुलन बन्न नसक्दा पहिरो जाने गर्दछ । -न्युज कारखाना

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप