बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

रुसको अमेरिकालाई जवाफ : कुटनीतिज्ञलाई निष्कासित गरिने

बिहीबार, १० चैत २०७८, ११ : ५३
बिहीबार, १० चैत २०७८

अमेरिकाले १२ रुसी कुटनीतिज्ञलाई हटाउने निर्णय गरेपछि रुसले बदलास्वरुप थुप्रै अमेरिकी कुटनीतिज्ञलाई आफ्नो देशबाट निष्कासित गर्ने बताएको छ ।

अघिल्लो महिना अमेरिकाले राष्ट्रिय सुरक्षा चिन्ताको कारण न्युयोर्कस्थित संयुक्त राष्ट्र नियोगबाट रुसी कुटनीतिज्ञलाई निष्कासन गरेको थियो । र पछि अमेरिकाले संयुक्त राष्ट्रमा एक अतिरिक्त रुसी कुटनीतिज्ञ जासुस भएको दाबी गर्दै उनीहरुलाई निष्कासित गरेको थियो ।

सोमबार रुसका लागि अमेरिकी राजदूत जोन सुलिभानलाई बोलाइएको थियो र रुसको विदेश मन्त्रालयले राष्ट्रपति बाइडेनलाई रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युद्ध अपराधी भनेर बोलाइएकोमा विरोध गरेको थियो ।

अमेरिकाको विदेश मन्त्रालयका प्रवक्ताले पुष्टि गरे कि उनीहरुले ‘रुसी विदेश मन्त्रालयबाट मार्च २३ मा पर्सोना नन ग्रेटा घोषित कुटनीतिज्ञहरूको सूची प्राप्त गरेका थिए ।

‘पर्सोना नन ग्रेटा’ एउटा यस्तो शब्द हो जसको अर्थ ‘ती व्यक्ति जसलाई रुसमा स्वागत छैन, न नै उसलाई रुसमा स्वीकार गरिनेछ ।’

यो आदेशबाट कति अमेरिकी कुटनीतिज्ञहरु प्रभावित हुनेछ र उनीहरुलाई रुसबाट कहिले निष्कासन गरिनेछ भन्ने स्पष्ट छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप