आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

युक्रेनमा जारी युद्धमा अहिलेसम्म १५,००० रुसी सैनिक मारिए : नेटो

बिहीबार, १० चैत २०७८, ११ : ३६
बिहीबार, १० चैत २०७८

युक्रेनमा जारी युद्धमा हालसक्क १५ हजार रुसी सैनिक मारिएको दाबी गरिएको छ ।

नेटोको एक वरिष्ठ अधिकारीले न्युज एजेन्सी एपीलाई दिएको जानकारीमा युक्रेनमाथि रुसको हमलाको एक महिनापछि यो युद्धमा ७ हजारदेखि १५ हजार रुसी सैनिक मारिएको जानकारी दिए ।

अधिकारीले ३० हजारदेखि ४० हजार रुसी लडाकू मारिएको र घाइते भएको हुनसक्ने मान्यता राखेका छन् । यद्यपि, रुसले २ मार्चदेखि हालसम्म यो हमलामा कतिजना मारिए भनेर अहिलेसम्म कुनै पनि आधिकारिक आँकडा जारी गरेको छैन ।

यसलाई एक सन्दर्भमा बुझ्ने हो भने अफगानिस्तानको आफ्नो १० वर्षको कब्जामा रुसका लगभग १५ हजार सैनिक मारिएका थिए ।

युक्रेन पनि आफ्ना मारिएका व्यक्तिको आँकडाको विषयमा अस्पष्ट रहेको छ । युक्रेनका राष्ट्रपतिले दुई हप्ता अघि १३ सय युक्रेनी सैनिक यो युद्धमा मारिएको बताएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप