शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

समयमै काम सक्न निर्माण व्यवसायीलाई अर्थमन्त्रीको आग्रह

बिहीबार, १० चैत २०७८, १० : १०
बिहीबार, १० चैत २०७८

अर्थमन्त्री जर्नादन शर्माले सार्वजनिक खरिद नियमावलीको एघारौँ संशोधनमा केही प्राविधिक त्रुटिहरू देखिएको बताएका छन् । नेपाल निर्माण व्यवसायी महासंघको प्रतिनिधिमण्डलसँगको बुधबारको भेटमा मन्त्री शर्माले एघारौँ संशोधनमा देखिएका प्राविधिक त्रुटिहरू  संशोधन गर्ने आश्वासन पनि दिएका हुन् । 

निर्माण व्यवसायीहरूसँग सहकार्य गरी सरकार भौतिक पूर्वाधार विकास कार्यमा अगाडि बढ्ने उनले बताए । २३ औँ साधारण सभा तथा १२ औँ अधिवेशनको काठमाडौँ घोषणापत्र कार्यान्वयन तथा सार्वजनिक खरिद नियमावलीको एघारौँ संशोधनका विषयमा जानकारी गराउन महासंघ अध्यक्ष रवि सिंह नेतृत्वको प्रतिनिधिमण्डलले अर्थमन्त्री शर्मालाई भेटेको हो । 

मन्त्री शर्माले समयमै काम सकेर पुँजीगत खर्च गर्ने सरकारको लक्ष्यमा सघाउन व्यवसायीहरूलाई आग्रह गरे । महासंघको नवनिर्वाचित कार्यसमितिलाई उनले बधाई दिँदै सफल कार्यकालका लागि शुभकामना व्यक्त गरे । महासंघ प्रतिनिधिमण्डलले अत्यधिक मूल्यवृद्धिका कारण निर्माण कार्य अघि बढाउने अवस्था नरहेको भन्दै सार्वजनिक खरिद अनुगमन कार्यालय मार्फत मूल्य समायोजन मागदर्शन—२ जारी गराउन आवश्यक पहलकदमीका लागि मन्त्री शर्मा समक्ष आग्रह गरेको छ । 

महासंघ प्रतिनिधिमण्डलले सहरी विकासमन्त्री रामकुमारी झाँक्रीसँग पनि भेट गरेको छ । मन्त्री झाँक्रीले खरिद नियमावलीको संशोधनबाट मात्रै निर्माण उद्योगको समस्या समाधान नहुने भन्दै खरिद ऐन÷कानुनमै संशोधन आवश्यक भएको धारणा राखेकी छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप