‘थाइल्याण्डविरुद्धको खेल एसिया कप छनोटका लागि महत्वपूर्ण’

नेपाली राष्ट्रिय फुटबल टोलीका अब्दुल्लाह अल्मुताइरीले नेपालले एसिया कप छनोट पूर्व थाइल्यान्डविरुद्ध खेल्न पाउनु ठूलो अवसर भएको बताएका छन् । साथै उनले थाइल्याण्डविरुद्धको खेलपछि नेपाली टोलीलाई एसियाकप छनोट भन्दाअघि घरै कुरा सिक्ने मौका मिल्ने बताए । ‘एसियाकप छनोटअघि थाइल्याण्डसँग खेल्न पाउनु हाम्रो लागि सुनौलो मौका हो । यसले छनोट खेलमा हामीलाई धेरै राहत मिल्नेछ । नेपाल र थाइल्याण्डको मौसम पनि एउटै किसिमको छ त्यसैले आजको खेलमा खेलाडीलाई झनै सहज हुनेछ,’ अल्मुताइरीले भने ।
त्यस्तै नेपाली टोलीका कप्तान किरण कुमार लिम्बुले थाइल्याण्डविरुद्धको खेल आफ्नो कमजोरी र बलियो पक्ष महिल्याउने मौका भएको बताए । थाइल्याण्डविरुद्धको खेलअघि भएको प्रि–म्याच कन्फ्रेन्समा उनले यस्तो बताएका हुन् । नेपालले आज फिफा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा थाइल्याण्डको सामना गर्दैछ ।
‘थाइल्याण्ड जस्तो बलियो टोलीसँग खेल्न पाउनु हाम्रो लागि राम्रो अवसर हो । एसिया कप छनोट खेलका लागि यसले निकै हसयोग गर्नेछ । हामीलाई हाम्रो बलियो र कमजोर पक्ष पहिल्यानउ सहयोग गर्नेछ,’ किरणले भने ।
नेपालको समूहको छनोट खेलहरु कुवेतमा आयोजना हुनेछ । छनोट खेलहरु जुन ८ देखि १४ सम्म हुनेछ । नेपालले जुन ८ मा जोर्डनसँग खेल्दै छनोटको सुरुआत गर्नेछ । दोस्रो खेलमा नेपालले जुन ११ मा कुवेतको सामना गर्नेछ । नेपालले जुन १४ मा इन्डोनेसियाविरुद्ध खेल्नेछ ।
नेपाल र थाइल्याण्ड दुवै एएफसी एसिया कप–२०२३ को तेस्रो चरणमा प्रतिस्पर्धा गर्दैछन् । सोही प्रतियोगितालाई मध्यनजर गर्दै मैत्रीपूर्ण खेल खेलिन लागेको हो । नेपाल तेस्रो चरणको लागि समूह ए मा रहेको छ । जहाँ जोर्डन, आयोजक टिम कुवेत र इन्डोनेसिया छन् ।
यता, थाइल्यान्ड भने समूह सी मा छ । उज्वेकिस्तान, माल्दिभ्स र श्रीलंका एकै समूहमा छन् । फिफा वरीयता र तुलनात्मक रुपमा समेत बलियो देखिएको थाइल्याण्डविरुद्ध नेपाल किरण कुमार लिम्बूको कप्तानीमा मैदान उत्रनेछ । हाल थाइल्यान्ड फिफा वरीयताको ११२औं स्थानमा छ भने नेपाल १६७औं स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आलुको बोराभित्र लुकाएर ओसार्दै गरेको साढे २९ किलो चरेससहित तीन युवा पक्राउ
-
अमेरिकाले ‘युएसएआईडी’का ८३ प्रतिशत कार्यक्रम रद्द गर्दै
-
विषालु रसायनले भरिभराउ जहाज र तेल ट्याङ्कर ठोक्किदा भयानक दुर्घटना, ३६ जनाको उद्धार
-
रातोपाटी ब्रिफिङ : कुलमानबारे मन्त्रिपरिषद् बैठक अनिर्णितदेखि राजावादीले ‘हल्लाए गणतन्त्रको जग’सम्म
-
निषेधाज्ञाको निर्णयपछि राजेन्द्र लिङ्देनको प्रतिक्रिया– गणतन्त्रको जग हल्लिएछ !
-
अनुचित लेनदेन जाँचबुझ आयोग गठन, चिया विकास बोर्डमा पाण्डे नियुक्त