पाँच दिनभित्र ९० करोड बक्यौता तिर्न तीन क्सासिनोलाई मन्त्री आलेको अल्टिमेटम
बिहीबार, १० चैत २०७८, ०७ : ४५

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले तीन क्यासिनोलाई पाँच दिनभित्र साढे ९० करोड बक्यौता बुझाउन अल्टिमेटम दिएका छन् । पटक-पटकको सार्वजनिक सूचना, सचिवस्तरीय निर्णयबाट दिइएको अल्टिमेटममा पनि ती क्यासिनो सञ्चालकले रोयल्टी र नवीकरण बापतको बक्यौता नतिरेपछि आलेले मन्त्रीस्तरीय निर्णयबाट अल्टिमेटम दिएका हुन् ।
आर्थिक वर्ष २०७६/७७ सम्मको नियमित रोयल्टी र नवीकरण ९० करोड ५५ लाख ७६ हजार उठाउन बाँकी रहेको पर्यटन विभागले जनाएको छ ।
विभागले आज सार्वजनिक सूचना जारी गरी रक इन्टरनेशनल प्रालि काठमाडौंको ३० करोड ३८ लाख, ह्याप्पी आवर काठमाडौंको ३० करोड १७ लाख र ओरियन्टल होटल्स (ऱ्याडिसन होटल) लाजिम्पाटको नाममा ३० करोड बक्यौता रहेको जनाएको छ । रोयल्टी र नवीकरणबापतको बक्यौता पाँच दिनभित्र नबुझाए कारबाहीको चेतावनी दिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुर्गा प्रसाईंको सचिवालयले भन्यो– आसाम राज्यको प्रहरीसमक्ष आत्मसमर्पण
-
माल्टामा नेपालको पर्यटन प्रवर्द्धन गर्ने पहल, ‘नेपाल डे’ मनाइँदै
-
पतिबाट बच्चा नहुने भएपछि जेठाजुसँग शारीरिक सम्बन्ध राख्न दबाब
-
टिकापुर बहुमुखी क्याम्पसमा नेविसंघका साउँद अध्यक्षमा विजयी
-
तीनकुने घटना : थप तीन जना प्रहरी नियन्त्रणमा
-
मुम्बई आक्रमणका अभियुक्त तहव्वुर राणाको सुपुर्दगी सफल : एनआईए