आइतबार, ३० मङ्सिर २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

गिरिजा प्रसाद कोइराला स्मृति राष्ट्रिय पुरुष हक्की प्रतियोगितामा नेपाल आर्मी क्लब विजयी

बिहीबार, १० चैत २०७८, ०७ : ३९
बिहीबार, १० चैत २०७८

विराटनगरमा जारी तेस्रो गिरिजा प्रसाद कोइराला स्मृती राष्ट्रिय पुरुष हक्की प्रतियोगिताको दोस्रो दिनको खेलमा बिभागिय टोली नेपाल आर्मी क्लब, सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेश विजयी भएका छन् । ​शहिद मैदानमा भएको खेलमा आर्मीले गण्डकी प्रदेशलाई ११–० ले पराजित गर्दै प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आर्मीका लागिरोमन राना र प्रदिप राजवंशीले समान ४–४ गोल गरे । सुमितकुमार कामीले २ तथाराजेन्द्र कार्कीले एक गोल गरे । खेलको म्यान अफ द म्याच प्रदिप राजवंशी भए । 

अर्को खेलमा सुदूरपश्चिम प्रदेशले मधेश प्रदेशलाई ७–१ ले पराजित गरेको छ । सुदुर पश्चिम प्रदेशका लागि अमित ओझा र महेश नेपालीले समान २–२ गोल गरे । केशव राज जोशी, दिपक राज जोशी, सुरेश प्रसाद जोशीले एक–एक गोल गरे । मधेश प्रदेशका लागि रन्जन महतोले एक गोल गरे । खेलको म्यान अफ द म्याच सुदूरपश्चिम प्रदेशका गणेश ठगुन्ना भए । 

आजै बेलुकी भएको तेस्रो खेलमा लुम्बनी प्रदेशले प्रदेश नम्बर एकलाई ४–१ ले पराजित गरेको छ । लुम्बिनी प्रदेशका लागि सुरज कुमार घर्तीले सर्वाधिक २ गोल गरे । योगेश कुमार बारघरे रअदनानअन्सारीले समान एक–एक गोल गरे । प्रदेश नम्बर एकका लागि नरेश थापा मगरले एक गोल गरे । खेलको म्यानअफ द म्याच लुम्बिनी प्रदेशका मोहम्मद सलमान शेख भए । 

प्रतियोगिता अन्र्तगत हिजो भएको पहिलो खेलमा नेपाल आर्मी क्लबले बागमती प्रदेशलाई १४–० गोल अन्तरले पराजित गरेको थियो । हिजो भएको दोस्रो खेलमा प्रदेश एकले मधेश प्रदेशलाई १–० गोल अन्तरले पराजित गरेको थियो । हिजो भएको तेस्रो खेलमा सुदूरपश्चिम प्रदेशले लुम्बिनी प्रदेशलाई २–० गोल अन्तरले पराजित गरेको थियो । 

प्रतियोगिता अन्र्तगत भोलिको खेल बागमती र गण्डकी, सुदूरपश्चिम र प्रदेश एक, लुम्बनी र मधेश प्रदेशबीच हुनेछ । चैत्र ८ देखि १२ सम्म हुने प्रतियोगितामा ६ प्रदेश र एक बिभागिय टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको समूह ए मा मधेश प्रदेश, सुदूरपश्चिम प्रदेश, लुम्बिनी प्रदेश र प्रदेश एक रहेका छन् । समूह बीमा नेपाल आर्मी क्लब, बागमती प्रदेश र गण्डकी प्रदेश रहेका छन । समूह ए र बी का विजेतातथा उप–विजेताले सेमिफाईनलमा भिड्ने छन् । फाइनल खेल चैत्र १२ गते हुनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप