शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

अब मध्यरातमा पनि डेलिभरी !

बुधबार, ०९ चैत २०७८, २२ : ३२
बुधबार, ०९ चैत २०७८

काठमाडौंमा मध्यरातमा हुने डेलिभरी सेवाको कमीलाई पूरा गर्ने उद्देश्यले मिड नाइट डेलिभरी सेवा सन्चालनमा ल्याइएको छ। योर कोसेलीले विगत केहि बर्षदेखि नेपालमा सेलिब्रेसन कल्चरलाई प्रवर्द्धन गर्दै आइरहेको थियो।
काठमाडौंमा मिड नाइट केक सेवाको अवस्थाको बारेमा जानकारी दिँदै सीएमओ, योर कोसेली सेलिब्रेसन, केक भर्टिकलको नेतृत्व गरिरहेका अभिषेक सापकोटाले भने, ‘हाम्रा धेरै ग्राहकहरूले अबेर राति सेवाका लागि अनुरोध पठाइरहेका थिए। गहिरिएर अध्ययन गरिसकेपछि, हामीले मध्यरात सेवाहरुमा प्रदान गरिएका केकहरू कि त राम्रो थिएनन् वा उच्च दरमा मूल्य निर्धारण गरेको महसुस गर्यौं। यी कमजोरीहरूलाई ध्यानमा राख्दै, हामीले केक उच्च मार्जिनमा राखेका छैनौं।’

योर कोसेलीले आधिकारिक रूपमा आजदेखि मिड नाइट डेलिभरी सुरु गरेको जनाएको छ। जसअनुसार बेलुका ७ बजे १० बजे र १० देखि १२ बजेसम्म दुईवटा स्लटहरूमा डेलिभरी सेवा दिने निर्णय गरिएको छ। साथै, कम्पनीले मात्र २ घण्टामा डेलिभरी प्रदान गर्ने दाबी गरेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप