सिद्धार्थ बैंकको प्रदेश १ क्षेत्रीय कार्यालय सञ्चालनमा
बुधबार, ०९ चैत २०७८, २२ : २८
सिद्धार्थ बैंक लिमिटेडले बुधवार प्रदेश १ स्थित विराटनगरमा क्षेत्रीय कार्यालय सञ्चालनमा ल्याएको छ । आफ्नै नवनिर्मित भवनमा बैंकको प्रदेश १ क्षेत्रीय कार्यालयको समुद्घाटन भएको हो । उक्त भवनको उद्घाटन बैंकका सञ्चालक समितिका अध्यक्ष मनोज कुमार केडियाले गरेको बैंकले जनाएको छ ।
उक्त भवनको उद्घाटन समारोहमा उद्योगी, व्यापारी तथा विभिन्न संघ-संस्थाका प्रमुख अगुवाहरुको बाक्लो उपस्थिति रहेको थियो । विभिन्न वर्गका ग्राहकहरू, व्यापारी तथा उद्योगीहरु माझ उच्चस्तरीय बैकिङ्ग सेवा प्रदान गर्ने उद्देश्यका साथ उक्त कार्यालयको निर्माण गरिएको बैंकको भनाइछ । साथै यसअघि विराटनगर स्थित वडा नं ७ मेनरोडबाट सेवा प्रदान गर्दै आइरहेको विराटनगर शाखालाई समेत उक्त भवनमा स्थानान्तरण गरिएको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल र फिनल्याण्डबिच सार्वजनिक लगानी परिचालन परियोजनासम्बन्धी सम्झौतामा हस्ताक्षर
-
‘डोरी’को शुभ–मुहूर्त
-
अनिशाले जितिन् ‘मिस प्लानेट २०२४’ को हुम्यानिटी टाइटल अवार्ड
-
रास्वपाको अलमल यात्रा
-
प्राधिकरणको पत्रले जगदम्बा स्टिल र मारुती सिमेन्टको आईपीओ तत्काल जारी नहुने
-
प्रधानमन्त्रीसमक्ष सूचना आयोगको वार्षिक प्रतिवेदन पेस