सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

नेको इन्स्योरेन्सले १५ प्रतिशत बोनस शेयर दिने

बुधबार, ०९ चैत २०७८, २२ : २२
बुधबार, ०९ चैत २०७८

नेको इन्स्योरेन्सले बुधबार आफ्नो २६ औं वार्षिकोत्सव मनाएको छ । वार्षिक साधारण सभा कम्पनीले कम्पनीको वित्तीय विवरण पारित गर्नुका साथै शेयर धनीहरुलाई १५ प्रतिशत बोनस शेयर तथा कर प्रयोजनको लागि ०.७९ प्रतिशत नगद लाभांश दिने निर्णय पारित गरेको छ । 

साधारणसभा कम्पनीका सञ्चालक समितिका अध्यक्ष रोहितकुमार भट्टराईको अध्यक्षतामा सञ्चालन भएको थियो भने सो क्रममा प्रमुख कार्यकारी अधिकृत अशोक कुमार खड्काले स्वागत मन्तव्य व्यक्त गरे ।  सभाले आर्थिक वर्ष २०७८/०७९ को लागि लेखापरीक्षक नियुक्ति अनुमोदन गर्नुको साथै बोनस शेयर जारी पश्चात हुने कम्पनीको पूँजी बृद्धि गर्ने प्रस्ताव समेत पारित गरेको कम्पनीले जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप