बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय

पानीको श्रोत संरक्षण सरकारको नीति : मन्त्री चौधरी

बुधबार, ०९ चैत २०७८, २२ : ०३
बुधबार, ०९ चैत २०७८

खानेपानी मन्त्री उमाकान्त चौधरीले स्वच्छ र शुद्ध खानेपानीको आमनागरिकलाई पुर्याउन सरकारले पानीको श्रोत संरक्षणको नीति लिएको बताएका छन् । ताप्लेजुङको श्रीजंगा गाउँपालिकास्थित वडा नं तीनमा रहेको हाप्पु खोला खानेपानी आयोजनाको स्किम नं १, २ र तीनको बुधबार उद्घाटन गर्दै मन्त्री चौधरीले यस्तो बताएका हुन् ।

उनले सरकारले एक घर एक धाराको नीतिलाई अघि सारेको पनि बताए ।  संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना इलामको ४ करोड ९५ लाख ७१ हजार रुपैयाँको लागतमा निर्माण गरिएको सो खानेपानी आयोजनाबाट गाउँपालिकाको २ नम्वर वडाका दुई सय ३५ घर धुरीका एक हजार चार सय १० जनसख्या लाभान्वित भएका छन् । 

खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक सूर्यराज कँडेलले खानेपानी आयोजनाबाट हिमाली जिल्ला ताप्लेजुङका ग्रामिण बासिन्दा लाभान्वित भएको बताए । यसैगरी, खानेपानी मन्त्री चौधरीले बुधबार नै श्रीजंगा गाउँपालिकाको प्रशासकिय भवनको एक समारोहबीच उद्घाटन गरे । गाउँपालिकाका अध्यक्ष टिका गुरुङको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रमलाई नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व स्वास्थ्य राज्यमन्त्री तारामान गुरुङ लगायतले संवोधन गरेका थिए ।

२०७५ सालमा शिलान्यास भई गत पुस महिनामा निर्माण सम्पन्न भएका ९ वटा संरचनाको मन्त्री चौधरीले उद्घाटन गरेको गाउँपालिका अध्यक्ष गुरुङले बताए । सो अवसरमा नवनिर्मित संरचनाहरु प्रमुख प्रशासकिय भवन, पावर हाउस, अतिथि गृहसहित ९ वटै संरचनाको मन्त्री चौधरीले अवलोकन गरेका थिए ।
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप