चुनावको मुखमा पार्टी फेर्नु चरम अवसरवाद : बाबुराम भट्टराई

जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले चुनावको मुखमा पार्टी फेर्नु चरम अवसरवाद भएको टिप्पणी गरेका छन् । भट्टराईले दल भनेको राज्य र समाज रूपान्तरणको विचार र बाटोप्रति प्रतिवद्ध व्यक्ति–समूहको संगठित अभिव्यक्ति भएको बताउँदै त्यो विचार र बाटोप्रति असहमत भएपछि विचार मिल्नेसँग एकताबद्ध हुनु वा नयाँ दल गठन गर्नु स्वाभाविक भएको बताए ।
चुनावको मुखमा सत्ता स्वार्थ निम्ति दलबदल गर्नु चरम अवसरवाद भएकोले यसलाई रोक्नुपर्ने उनको भनाइ छ । बुधबार सामाजिक सञ्जाल ट्वीटरमा उनले लेखेका छन् : ‘दल भनेको राज्य र समाजको रूपान्तरणको विचार र बाटोप्रति प्रतिवद्ध व्यक्ति–समूहको संगठित अभिव्यक्ति हो। त्यो विचार र बाटोप्रति असहमत भएपछि विचार मिल्नेसँग एकताबद्ध हुनु वा नयाँ दल गठन गर्नु स्वाभाविक हो। तर चुनावको मुखमा सत्ता स्वार्थ निम्ति दलबदल गर्नु चरम अवसरवाद हो ! यसलाई सबैले रोकौँ !’ उनले भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहिद परिवारको घरमा प्रचण्डको बास
-
करोडौँ राजस्व तिरिरहेका ‘फेसबुक’लगायत सामाजिक सञ्जाल किन बन्द गर्न खोज्दै छ सरकार ?
-
पिछडिएका समुदायको उत्थानका लागि स्वरोजगार कार्यक्रम
-
डोटीमा सवारी दुर्घटना, एकको मृत्यु, छ जना घाइते
-
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
-
मेनपावर कम्पनीले वार्षिक १०० जना कामदार विदेश पठाउनै पर्ने प्रावधान हट्यो