इजरायलमा छुरा प्रहारबाट चार जनाको मृत्यु, कैयौँ घाइते
इजरायलको एक व्यापारिक केन्द्रमा अज्ञात व्यक्तिले गरेको छुरा प्रहारमा चार जनाको मृत्यु भएको छ । घटनामा थुप्रै घाइते भएका छन् । इजरायलको दक्षिणी क्षेत्रमा रहेको बेरशेवा सपिङ मलमा गाडीमा आएको आक्रमणकारीको समूहमध्ये एक व्यक्तिले अन्धाधुन्ध छुरा प्रहार गर्दा तीन जनाको घटना स्थलमा मृत्यु भएको हो । एक जनाको भने आक्रमणकारीको गाडीले कुल्चेर मृत्यु भएको हो ।
इस्लामिक स्टेट आइएसको समर्थन गरेको आरोपमा जेल सजाय भोगेर मुक्त भएका व्यक्तिले आक्रमण गरेको पनि खुलेको छ ।
छुरा प्रहार गर्ने ब्यक्ति एक बन्दुकधारी प्रत्यक्षदर्शीले चलाएको गोली प्रहारबाट मारिएका छन् । आक्रमणकारी अरब मुलका इजरायली नागरिक मोहम्मद अबुअल कियान भएको अनुसन्धानबाट खुलेको छ । इजरायल भित्र धेरै वर्षपछि यो खालको आक्रमण भएको हो ।
इजरायलका प्रधानमन्त्री नाफ्ताली बेनेटले घटनाप्रति खेद प्रकट गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गरेका छन् । आक्रमणपछि आफ्ना आन्तरिक सुरक्षा मन्त्री र प्रहरी प्रमुखसँग छलफल गरेका इजरायली प्रधानमन्त्री नाफ्टाली बेनेटले कथित आक्रमणकारीलाई गोली हान्नेहरूको प्रशंसा गर्दै भने, “उनीहरूले साधन र साहस देखाए र थप घाइते हुनबाट रोके ।”
“हामी आतंककारीहरू विरुद्धको लडाइमा कडा मेहनत गर्नेछौं । हामी उनीहरूका साथै उनीहरूलाई मदत गर्नेहरूलाई पछ्याउनेछौँ,” बेनेटले ट्वीटरमार्फत् सम्प्रेषित सन्देशमा भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्यातमा देखिएका अड्चनहरू
-
‘अर्ग्यानिक उत्पादनको माग बढी छ’
-
कोशी प्रदेश : कृषिजन्य वस्तुको निर्यात निरन्तरतामै सीमित
-
सुनको मूल्य सामान्य वृद्धि, आज कतिमा हुँदैछ कारोबार ?
-
बागमतीमा बजेटमाथिको विवाद कायमै, सरकारले देखायो ‘आयोजना बैंक’
-
रात्रिकालीन उडानसँगै राजविराज पर्यटकीय गन्तव्यस्थल बन्नेछ: मन्त्री पाण्डे