शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

कालीगण्डकी नदीमा एक युवक बेपत्ता

बुधबार, ०९ चैत २०७८, २१ : ३७
बुधबार, ०९ चैत २०७८

बुधबार दिउँसो पाल्पास्थित कालीगण्डकी नदीमा डुबेर एक युवक बेपत्ता भएका छन् । तानसेन नगरपालिका–१४ अर्थुङ्गस्थित कालीगण्डकी नदीमा नुहाउने क्रममा धनकुटा पाख्रीबास नगरपालिका–६ फलाते घर भएका ३३ वर्षीय मोहन बस्नेत बेपत्ता भएका हुन् ।

उनी विगत ७ महिनादेखि कालीगण्डकी करिडोर  सडक निर्माणमा जेसिबी चालकका रुपमा काम गर्दै आएका थिए  । उनको खोजी कार्य जारी रहेको पाल्पाका प्रहरी निरीक्षक लक्ष्मण पचभैयाले जानकारी दिएका छन् । उद्धार कार्यमा पाल्पाको अर्गली चौकीबाट प्रहरी टोली खटिएको उनको भनाई छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप