विद्युत आपूर्ति बन्द हुँदा औद्योगिक उत्पादन प्रभावित

देशभरका उद्योगमा फेरि लोडसेडिङ सुरू भएको छ । भारतबाट विद्युत प्राधिकरणले विद्युत किन्न नसक्दा विद्युत आपूर्तिमा समस्या भएको हो । रुस–युक्रेन युद्धका कारणले भारतमा यतिबेला बिजुलीको मूल्य अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ ।
पूर्वका उद्योगीले विगत केही दिनदेखि विद्युत आपूर्ति बन्द हुँदा उत्पादन बन्द भएको बताएका छन् । नेपाल उद्योग परिसंघ, प्रदेश १ का अध्यक्ष भिम घिमिरेले प्राधिकरणले विगत केही दिनदेखि विद्युत आपूर्ति बन्द गरेकाले उत्पादन प्रभावित भइरहेको जानकारी दिए ।
नेपालमा विद्युत प्रणाली र आपूर्ति तथा वितरण प्रणालीमा दूरदर्शिता एवं दीर्घकालिन सोच नहुँदा समस्या आइरहेको घिमिरे बताउँछन् । विद्युत आपूर्ति र खपतमा दीर्घकालिन योजना नहुँदा सानो प्राकृतिक तथा बाह्य प्रभावमा समेत ठूलो नोक्सानी व्यहोर्नु पर्ने स्थिती रहेको छ ।
‘नेपाल को औद्योगिक क्षेत्र लगातार विभिन्न दुर्घटनाका शिकार बन्न गइ मुलुकको आर्थिक अवस्था तहस/नहस भइरहेको छ,’ उनले भने, ‘लगातार प्राकृतिक प्रकोप बाट गुज्रिएको मुलुकलाई विगत २ वर्षदेखि कोभिडले असर गरेको छ ।’ कोभिडले थलिएको उद्योग क्षेत्रमा विद्युत आपूर्ति बन्द हुँदा थप समस्या भइरहेको उद्योगीहरुको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायलले गाजामा गर्यो आक्रमण : २९ जनाको मृत्यु
-
नेपालमा चोरी, भारतमा बिक्री : ६ वटा मोटरसाइकलसहित गिरोह पक्राउ
-
पर्सामा लागुऔषध रोकथामसम्बन्धी तीन महिने सचेतनामूलक कार्यक्रमको शुभारम्भ
-
‘योजनामा हुने बेथितिको अन्त्य गर्न कानुन बनाएर सरकारले काम गरिरहेको छ’
-
पकली खानेपानीमा कांग्रेस-एमाले गठबन्धन पराजित गर्दै माओवादीका उम्मेदवार विजयी
-
सरकारले हलुका रूपमा लियो कि शिक्षकहरूले मानेनन् ?