चोभारमा सुमो र मोटरसाइकल ठोक्कियो, २ जनाको निधन
बुधबार, ०९ चैत २०७८, २२ : ५८

काठमाडौंको कीर्तिपुर नगरपालिका स्थित चोभार डाँडाको घुम्तीमा टाटा सुमोसँग मोटरसाइकल ठोक्किएको छ । दुर्घटनामा परेर दुईजनाको निधन भएको छ । दुर्घटनामा परेर काठमाडौं महानगरपालिका–१४ बस्ने १८ वर्षीय नविन्द्र तिमिल्सिना र नागार्जुन नगरपालिका–६ बस्ने २६ वर्षीय समिर गिरीको निधन भएको छ ।
बल्खुबाट चोभार जाँदै गरेको ना १ ज ६३५४ नम्बरको टाटा सुमो र चोभारबाट बल्खुतर्फ आउँदै गरेको बा ९२ प २३१ नम्बरको पल्सर मोटरसाइकल आपसमा ठोक्किएको थियो । मृतक दुवैजना मोटरसाइकलमा सवार थिए ।
सुमो चालक बाराको जितपुर उपमहानगरपालिका–६ घर भएका २७ वर्षीय सञ्जय खानलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले रातोपाटीलाई बताए । दुर्घटनाबारे महानगरीय प्रहरी बृत्त कीर्तिपुरले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिचौलियाहरूको पहुँच प्रधानमन्त्रीको बेडरुमसम्म छ: महामन्त्री थापा
-
देउवा नहल्लिएसम्म सरकार सुरक्षित रहने एमाले नेताहरूको विश्वास
-
जुडशीतल : तराई–मधेशको लोकपर्व
-
आईपीएलसँग जोडियो रोबोटिक कुकुर ! प्रत्यक्ष प्रशारणमा सहयोग गर्ने
-
ट्रम्पले रोके हार्वर्ड विश्वविद्यालयको २ अर्ब डलर रकम
-
मंगलबार सुनको मूल्य तोलामा १७०० रुपैयाँ घट्यो, कतिमा हुँदैछ कारोबार ?