टर्किस चित्र कथा ‘मर्मत गर्न सिपालु मानिस’ नेपाली भाषामा
बुधबार, ०९ चैत २०७८, २१ : ११
हसन खारजाको लेखन र रेजा हेम्मातिराडको चित्राङ्कनमा रहेको टर्किस भाषाको चित्र कथा ‘मर्मत गर्न सिपालु मानिस’ नेपाली भाषामा प्रकाशित भएको छ । राजीवधर जोशीले अनुवादगरेको चित्रकथामा एउटा मान्छे आफ्नो कोठामा राखिएको फूलदानीदेखि झ्याल, भित्तो, सिलिङ हुँदै सारा घर नै मर्मत गरेको कथा छ ।
‘ऊ मर्मत गर्न सिपालु हुन्छ । तर मर्मत गरिएको कुनै सामान र वस्तु पहिला जस्तो दुरुस्त हुँदैन । मर्मत गर्ने क्रमलाई निरन्तरता दिँदै त्यो मान्छे समग्र देश नै मर्मत गर्न भ्याउँछ । तर केही समयपछि सम्पूर्ण देश नै उसकै अगाडि भत्किन्छ ।’
सात वर्ष वा माथिका बालबालिकाका लागि पढेर सुनाउन, पुस्तकबारे छलफल गर्न तथा नौ वर्षमाथिका बालबालिकाले आफै अध्ययन गर्न पुस्तक उपयुक्त रहेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जुम्ला साक्षर जिल्ला घोषणा
-
दोस्रो पञ्चवर्षीय योजनाले कर्णालीको वास्तविकता बोल्नुपर्छ : मुख्यमन्त्री कँडेल
-
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
-
१० बजे १० समाचार : दुर्गा प्रसाईंबारे फैसलादेखि बीआरआईको विवादसम्म
-
हिजबुल्लाह प्रमुखको सार्वजनिक अन्त्येष्टिको तयारी हुँदै
-
जननसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौँमा