हामीलाई अपमानित गर्ने प्रयास भएपनि राजनीतिको केन्द्रबिन्दु माओवादी नै हो : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफ्नो पाटीलाई देशी विदेशी प्रतिक्रियावादीहरुले अपमानित गर्ने प्रयास गरेपनि राजनीतिको केन्द्रविन्दुमा भने माओवादी नै रहेको बताएका छन् । बुधबार पार्टीको प्रवास समन्वय समितिको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले भन्नेहरुले पार्टी सिद्धियो भनेपनि लड्दै उड्दै पार्टी नै राजनीतिको केन्द्रमा रहेको बताए ।
‘अवसरवादीहरुबाट निरन्तर हामीलाई अपमानित गर्ने प्रयास भएको छ । तर राजनीतिको केन्द्रबिन्दु माओवादी नै हो’, प्रचण्डले भने, ‘माओवादी हजारौँ पटक सिद्धियो भनेका छन् तर केन्द्रमा हामी नै छौँ । यसबाट उनीहरुलाई सहिसक्नु भएको छैन’, प्रचण्डले भने, ‘पार्टी फुटाउने र कमजोर पार्ने षड्यन्त्रहरु चलिनै रहेका छन् । अरुहरुका लागि यो सामान्य चुनाव मात्रै हो, माओवादीको लागि सामान्य चुनाव मात्रै होइन । एउटा ब्याटल हो ।’
उनले आगामी चुनाव प्रतिगमन र क्रान्ति कसले जित्ने भन्ने भन्ने बीचको भएको पनि बताए । ‘हामीले यो ब्याटल जित्नु छ । एउटा चुनावमा कसैले जित्ने र हार्ने जस्तो होइन । हजारौँ शहीदको त्याग र बलिदानको जगमा खडा भएको संविधान हो यो । यसको रक्षाको दायित्व हाम्रो काँधमा छ’ प्रचण्डले भने।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘समृद्ध प्रदेश निर्माणका लागि सामूहिक प्रयास आवश्यक’
-
स्मार्टफोन र कम्प्युटरलाई कर छुट दिने अमेरिकाको निर्णयमा चीनले के भन्यो ?
-
विद्यालय भर्ना अभियानमा जनप्रतिनिधि परिचालन
-
उच्च अदालतको व्याख्या : प्रेममा सहमतिको सम्बन्ध जबरजस्ती करणी होइन
-
नयाँ वर्षमा मन्दिरमा पूजाआजा गर्नेको भीड, तस्बिरहरू
-
बजेट अभावमा सडक निर्माण रोकियो