हामीलाई अपमानित गर्ने प्रयास भएपनि राजनीतिको केन्द्रबिन्दु माओवादी नै हो : प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफ्नो पाटीलाई देशी विदेशी प्रतिक्रियावादीहरुले अपमानित गर्ने प्रयास गरेपनि राजनीतिको केन्द्रविन्दुमा भने माओवादी नै रहेको बताएका छन् । बुधबार पार्टीको प्रवास समन्वय समितिको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले भन्नेहरुले पार्टी सिद्धियो भनेपनि लड्दै उड्दै पार्टी नै राजनीतिको केन्द्रमा रहेको बताए ।
‘अवसरवादीहरुबाट निरन्तर हामीलाई अपमानित गर्ने प्रयास भएको छ । तर राजनीतिको केन्द्रबिन्दु माओवादी नै हो’, प्रचण्डले भने, ‘माओवादी हजारौँ पटक सिद्धियो भनेका छन् तर केन्द्रमा हामी नै छौँ । यसबाट उनीहरुलाई सहिसक्नु भएको छैन’, प्रचण्डले भने, ‘पार्टी फुटाउने र कमजोर पार्ने षड्यन्त्रहरु चलिनै रहेका छन् । अरुहरुका लागि यो सामान्य चुनाव मात्रै हो, माओवादीको लागि सामान्य चुनाव मात्रै होइन । एउटा ब्याटल हो ।’
उनले आगामी चुनाव प्रतिगमन र क्रान्ति कसले जित्ने भन्ने भन्ने बीचको भएको पनि बताए । ‘हामीले यो ब्याटल जित्नु छ । एउटा चुनावमा कसैले जित्ने र हार्ने जस्तो होइन । हजारौँ शहीदको त्याग र बलिदानको जगमा खडा भएको संविधान हो यो । यसको रक्षाको दायित्व हाम्रो काँधमा छ’ प्रचण्डले भने।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जर्मनी भर्सेस पाराग्वे: २०१४ पछि पहिलो पटक नकआउट चरणमा जर्मनी
-
मार्टिनेली नायक बन्दा ब्राजिलको रोमाञ्चक पुनरागमन, जापान विश्वकपबाट बाहिरियो
-
देशभर ६२.६८ प्रतिशत क्षेत्रमा मात्र सिँचाइ सुविधा
-
स्याङ्जाका उत्कृष्ट कृषक सम्मानित
-
कासिमिरोको गोलसँगै ब्राजिल र जापान १–१ को बराबरीमा, खेल रोमाञ्चक मोडमा
-
१२ बजे १२ समाचार: कर्णालीका मन्त्रीको मनपरीदेखि विद्यार्थी सङ्गठनका संरचना हटाउन निर्देशनसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण