ट्राफिक प्रहरीलाई ह्विल लक र म्याजिक लाइट हस्तान्तरण
उपत्यका विकास प्राधिकरणले ट्राफिक प्रहरी महाशाखालाई ट्राफिक व्यवस्थापनका लागि आवश्यक उपकरण दिएको छ । बुधवार शहरी विकास मन्त्रि रामकुमारी झाँक्रीले प्राधिकरणले उपलब्ध गराएको सामग्री ट्राफिक प्रहरी महाशाखाका एसएसपी उमेशराज जोशीलाई हस्तान्तरण गरेकी छिन् ।
प्राधिकरणले ट्राफिक प्रहरीलाई २० वटा ह्विल लक र ८८ वटा म्याजिक लाइट हस्तान्तरण गरेको छ । ट्राफिक व्यवस्थापन सामग्री हस्तान्तरण गर्दै मन्त्री झाँक्रीले बढ्दो सवारी चाप व्यवस्थापन गर्न तथा सडक र फुटपाथका अनाधिकृत पार्किङलाई नियन्त्रण गर्न पहिलो चरणमा सो सामग्री उपलब्ध गराएको बताइन् । झाँक्रीले भनिन्– ‘ट्राफिक प्रहरीलाई प्रविधियुक्त र साधान स्रोत सम्पन्न बनाउन नेपाल सरकार प्रतिवद्ध छ ।’
ट्राफिक व्यवस्थापन सामग्री दिएकोमा महाशाखाका एसएसपी उमेशराज जोशीले शहरी विकास मन्त्रालय र विकास प्राधिकरणलाई धन्यवाद दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुस ८ गतेदेखि ब्याडमिन्टन प्रतियोगिता हुने
-
जब विमानस्थलमा विराट कोहली महिला पत्रकारसँग विवादमा ओर्लिए !
-
काश्मिरमा विद्रोहीसँग भारतीय सेनाको भिडन्त, पाँच जनाको मृत्यु
-
पूर्वाधार निर्माण र सेवा विस्तारमा लगानी बढाउनु पर्छ : पूर्वराष्ट्रपति भण्डारी
-
रविको सुतिरहेको तस्बिर सामाजिक सञ्जालमा हाल्नेलाई प्रहरीले कारबाही गर्ने
-
वर्षा बाधक बनेपछि अनिर्णित रुपमा सकियो नेपाल र श्रीलंका बिचको खेल