पुष्प मेलाको सम्पूर्ण तयारी पुरा

फ्लोरिकल्चर एशोसिएसन नेपालको आयोजनामा हुने पुष्प मेलाको तयारी पुरा भएको छ । बिहीबारदेखि ललितपुरको जावलाखेल मैदानमा २३ औं पुष्प मेलाको तयारी पुरा भएको एशोसिएसनका महासचिव विश्वमणी पोखरेलले जानकारी दिए । ‘स्वच्छ वातावरण तथा आर्थिक सम्बृद्धिको लागि पुष्प व्यवसाय’ भन्ने नाराका साथ सुरु हुने एक्स्पोमा पुष्प विकास केन्द्र, बागमती प्रदेश सरकार, कृषि तथा पशुपछि बिकास मन्त्रालय र कृषि विभागको पनि सहयोग रहेको छ ।
मेला चार दिनसम्म चल्ने जानकारी गराउँदै महासचिव पोखरेलले मेला प्रदर्शनीले पुष्प व्यवसायको विकास, विस्तार तथा प्रबर्द्धनमा सघाउ पुर्याउने बताए । पुष्प मेलामा अफिसियल स्टल ४ वटा, प्रतियोगितात्मक प्रदर्शनी स्टल २ वटा र व्यवसायीक स्टलका लागि ५६ वटा सहित जम्मा ६२ वटा स्टल रहने छन् ।
पुष्प मेलामा मौसमी फूल, आलकारीक बोट बिरुवा, कट फ्लावर, ड्राइफ्लावर, सुनाखरी, कम्पोष्ट मल, फूलको गानो, विउविजन, ग्रीनहाउस कृषि औजार, उपकरण, प्याकेजिंगका सामाग्री, सुक्ष्म तथा थोपा सिंचाई प्रविधि आधुनिक पुष्प खेती प्रविधि र जैविक विषादीका प्रदर्शनी तथा विक्री कक्ष रहने छन् ।
मेलामा पुष्प नर्सरी, पुष्प फर्म, पुष्प तथा पुष्पजन्य आपूर्तिकर्ता कम्पनी, व्यवसायीहरु तथा विभिन्न संघ संस्थाहरुको सहभागिता रहनेछ । मेलामा सहभागि भएका विभिन्न पुष्प व्यवसायीहरूद्वारा उत्पादित फूल बिरुवाहरू बीच स्वच्छ प्रतिस्पर्धा गराई विभिन्न विधाहरुमा प्रथम हुने पुष व्यवसायीलाई नगद, सिल्ड तथा प्रमाण पत्रद्वारा पुरस्कृत गरिने उनले जानकारी गराए ।
पुष्प व्यवसाय संचालन गर्न चाहने, घर आगन तथा बगैंचा सजाउन चाहने, फूल बिरुवा प्रति अभिरुचि राख्ने तथा यस सम्बन्धी ज्ञान हासिल गर्न चाहनेहरु सबैको निम्ति २३ औ फ्लोरा पुष्प मेला उपयोगी हुने उनले बताए । पुष्प व्यवसायको क्षेत्रमा भए गरेका नयाँ नयाँ प्रविधि र उपलब्धी सहितका जानकारी पनि मेला स्थलमा नै प्राप्त गर्न सकिने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रातोपाटी ब्रिफिङ : कुलमानबारे मन्त्रिपरिषद् बैठक अनिर्णितदेखि राजावादीले ‘हल्लाए गणतन्त्रको जग’सम्म
-
निषेधाज्ञाको निर्णयपछि राजेन्द्र लिङ्देनको प्रतिक्रिया– गणतन्त्रको जग हल्लिएछ !
-
अनुचित लेनदेन जाँचबुझ आयोग गठन, चिया विकास बोर्डमा पाण्डे नियुक्त
-
कुलमानबारे मन्त्रिपरिषद् बैठक अनिर्णित, राजावादीको सक्रियताबारे छलफल
-
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा रघुराज काफ्ले नियुक्त
-
अरुण प्रवेशमार्ग छुट मुआब्जा वितरण पुनः सुरु