माओवादीमा फेरि आकर्षण बढेको प्रचण्डको दावी

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टीमा पुनः आकर्षण बढेको बताएका छन् । पार्टीलाई कमजोर बनाउन देशी विदेशी प्रतिक्रियावादी लागिपरेको बताउँदै प्रचण्डले त्यसलाई चिर्दै आगामी चुनावमा पार्टी बलियो अवस्थामा खडा हुनुपर्ने बताए ।
पार्टी निकट प्रवास समन्वय समितिको राजनीतिक प्रशिक्षण कार्यक्रमलाई बुधबार साँझ सम्बोधन गर्दै प्रचण्डले प्रतिक्रियावादीहरुको चाहना विपरीत पार्टीमा देशभर आकर्षण देखिएको बताए ।
‘आउने निर्वाचनलाई माध्यम बनाएर बाहिरी र भित्री प्रतिक्रियावादी कसरी माओवादीलाई कमजोर बनाउन सकिन्छ वा फुटाउन सकिन्छ भनेर लागेका छन् । तर, माओवादीप्रति आकर्षण बढेको छ’, प्रचण्डले भने, ‘मधेसमा हजारौँको संख्यामा नेता कार्यकर्ताहरु माओवादीमा प्रवेश गर्ने लहर चलेको छ । यो देशभर नै देखिएको छ ।’
उनले संसारभरीका प्रतिक्रियावादीहरुले माओवादीलाई कमजोर पार्न षड्यन्त्रहरु जारी राखेको भन्दै यसबारे सबै सचेत हुनुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीका शिक्षामन्त्रीले संघीय सरकारलाई भने, ‘शिक्षकका जायज माग सम्बोधन गरेर आन्दोलनबाट फर्काउनुस्’
-
नेप्से ९.७५ अंकले वृद्धि, कारोबार घट्यो
-
प्रभु बैंकको सीईओका रुपमा शेरचनले २०८३ माघसम्मै काम गर्न पाउने, सर्वोच्चले दियो अन्तरिम आदेश
-
चीनको १२५ प्रतिशतको जवाफमा अमेरिकाले लगायो २४५ प्रतिशत ट्यारिफ
-
पन्ध्र गोही राप्ती नदीमा छाडियो
-
किन्ने हो ऐँसेलु ?