सोमबार, ०८ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

माओवादीमा फेरि आकर्षण बढेको प्रचण्डको दावी

बुधबार, ०९ चैत २०७८, १४ : ००
बुधबार, ०९ चैत २०७८

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टीमा पुनः आकर्षण बढेको बताएका छन् । पार्टीलाई कमजोर बनाउन देशी विदेशी प्रतिक्रियावादी लागिपरेको बताउँदै प्रचण्डले त्यसलाई चिर्दै आगामी चुनावमा पार्टी बलियो अवस्थामा खडा हुनुपर्ने बताए । 

पार्टी निकट प्रवास समन्वय समितिको राजनीतिक प्रशिक्षण कार्यक्रमलाई बुधबार साँझ सम्बोधन गर्दै प्रचण्डले प्रतिक्रियावादीहरुको चाहना विपरीत पार्टीमा देशभर आकर्षण देखिएको बताए । 

‘आउने निर्वाचनलाई माध्यम बनाएर बाहिरी र भित्री प्रतिक्रियावादी कसरी माओवादीलाई कमजोर बनाउन सकिन्छ वा फुटाउन सकिन्छ भनेर लागेका छन् । तर, माओवादीप्रति आकर्षण बढेको छ’, प्रचण्डले भने, ‘मधेसमा हजारौँको संख्यामा नेता कार्यकर्ताहरु माओवादीमा प्रवेश गर्ने लहर चलेको छ । यो देशभर नै देखिएको छ ।’

उनले  संसारभरीका प्रतिक्रियावादीहरुले माओवादीलाई कमजोर पार्न षड्यन्त्रहरु जारी राखेको भन्दै यसबारे सबै सचेत हुनुपर्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप