हरेक संकटमा देशलाई निकास दिने माओवादी नै हो : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले हरेक संकटमा देशलाई निकास दिने आफ्नो पार्टी नै भएको बताएका छन् । युद्धलाई शान्तिमा रुपान्तरणदेखि संविधानसभाबाट संविधान जारी गर्ने होस् वा प्रतिगमनबाट देशलाई बचाउन कार्यमा नै किन नहोस् हरेक समस्यामा देशलाई निकास दिने आफ्नो पार्टी नै भएको बताए ।
‘हरेक समस्यामा संकट मोचनको भूमिका माओवादीले खेल्नुपरेको छ । शान्ति प्रक्रियालाई सफलताको बिन्दुमा लैजान गरिएको जोखिमपूर्ण निर्णय गरियो । संविधान बनाउने विषयमा कसैलाई राष्ट्रपति र प्रधानमन्त्री बनाएर पनि पहलकदमी लिएको हो’, मंगलबार पार्टीको प्रवास समन्वय समितिको विशेष प्रशिक्षण कार्यक्रममा प्रचण्डले भने, ‘निर्वाचनतिर देशलाई लैजाने कुरा होस् वा राजनीतिक स्थायित्वबारे होस् हाम्रो पार्टी र नेतृत्वले लिएका ऐतिहासिक पहलकदमी हुन् ।’
एमसीसी पास गर्नुअघि पनि प्रतिगमनका अनेक तानावाना बुन्ने काम भएको भन्दै प्रचण्डले त्यसबाट देशलाई पार लगाउन पनि आफ्नै पार्टीले पहलकदमी लिएको प्रचण्डले बताए । एमसीसीबारेको व्याख्यात्मक घोषणाले एउटा निकास निस्किएको भन्दै यो सही कदम भएको पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीलाई १ लाख डलर सहयोग गर्ने सरकारको निर्णय
-
म्यानमारका भूकम्प पीडितलाई सहयोग गर्ने सरकारको निर्णय, नेपाली सेना पनि पठाउने
-
राष्ट्रिय प्रसारण ग्रिड कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा सागर श्रेष्ठ नियुक्त
-
संसद्को हिउँदे अधिवेशन अन्त्य गर्ने सरकारको निर्णय
-
सुदूरपश्चिममा अडियो काण्ड : फरक दलका नेता मिलेर अनियमितता
-
पूर्वाञ्चल विश्वविद्यालय र प्रडु युनिभर्सिटीबिच शैक्षिक सहकार्यको समझदारीपत्रमा हस्ताक्षर