बुधबार, ०३ पुस २०८१
ताजा लोकप्रिय

यू–१९ महिला राष्ट्रिय क्रिकेट : गण्डकी प्रदेश फाइनलमा

बुधबार, ०९ चैत २०७८, २० : ४०
बुधबार, ०९ चैत २०७८

गण्डकी प्रदेश कैलालीको धनगढीमा जारी मुख्यमन्त्री कप यू–१९ महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । समूह चरणको अन्तिम खेलमा बुधवार मधेस प्रदेशलाई २० रनले पराजित गर्दै गण्डकी उपाधि नजिक पुगेको हो । 

फाप्ला क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको गण्डकीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ७ रनको योगफल तयार पार्यो । १ सय ८ रनको विजयी लक्ष्य पछ्याएको मधेस प्रदेशले २० ओभरमा ६ विकेट गुमाएर ८७ रन मात्रै बनाउन सक्यो । 

मधेश प्रदेशका लागि एलिसा यादवले अविजित ३१ र साना प्रवीणले २१ रन बनाइन् । बलिङतर्फ गण्डकीकी कुसुम गोदरले २ र ज्योत्स्नीका मरासिनी तथा आकृति तिवारीले समान १÷१ विकेट लिइन् । 

यसअघि गण्डकीका लागि ज्योत्स्नीका मरासिनीले ३४ बलमा ८ चौकाको मद्दतले ४३ रनको पारी खेलिन् । उसका आङ्पेम्बलुम्बा शेर्पाले १७ रन बनाइन् । बलिङतर्फ मधेस प्रदेशकी प्रतिमा शाह, साना प्रविन र विमला मगरले समान २÷२ विकेट लिइन् । खेलको प्लेयर अफदीम्याच ज्योत्स्नीका मरासिनी चुनिइन् । 

बुधवार भएको दोस्रो खेलमा सान्त्वना जित निकालेको लुम्बिनी प्रदेशले कर्णाली प्रदेशलाई हराएको छ । लुम्बिनी प्रदेशसँग ५ विकेटले पराजित भएको कर्णालीले अब बिहीबारको खेल कुर्नुपर्ने भएको छ ।  समूह चरणको अन्तिम खेलमा बिहीबार सुदूरपश्चिम र बागमती प्रतिस्पर्धा गर्नेछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप