शुक्रबारबाट न्युरोडको ‘रन्जना सिनेप्लेक्स’ सर्वसाधारणका लागि खुल्ला
बुधबार, ०९ चैत २०७८, २० : १२
पुरानो रञ्जना हल रहेको न्युरोडमा अव नयाँ चलचित्र हल ‘रन्जना सिनेप्लेक्स’ संचालनमा आउँने भएको छ । अत्याधुनिक सेवा सुबिधा का साथ तीनवाट पर्दामा उक्त हल बिहिबारबाट संचालनमा आउन लागेको हो ।
कालु गुरुङ, विरेन्द्र महर्जन, नरेन्द्र महर्जन लगायतले मिलेर उक्त हल संचालनमा ल्याउन लागेका हुन् । संचालकले बिहिबार एक कार्यक्रमका बीच हलको उद्घाटन गर्दैछ । उद्घाटन कार्यक्रममा सेलिब्रेटीको बाक्लो उपस्थिती रहने बताइएको छ । हल उद्घाटनपछि अहिले प्रदर्शनरत फिल्मको विषेश शो समेत राखिएको छ । सर्वसाधारणका लागि भने हल शुक्रबारबाट खुल्ला संचालक नरेन्द्र महर्जनले बताए । रञ्जना हल २०६५ साल भदौ ३ गतेबाट बन्द भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोप–२९ को सहमति : कार्बन बजार सुनिश्चिता कति सम्भव ?
-
पश्चिमी वायुको प्रभाव कायमै, कस्तो रहला देशभरको मौसम ?
-
पशुपतिनाथमा मेला, पितृको सद्गतिका लागि बत्ती बाल्न ओइरिंदै भक्तजन
-
शुभकार्य वा वैदेशिक यात्रा गर्दै हुनुहुन्छ ? हर्नुहोस् आजको राशिफल
-
पश्चिमी वायुको प्रभावले मौसममा सामान्य गडबडी, शनिबार केही ठाउँमा हिमपात हुने
-
अमेरिकी डलर, युरो, अष्ट्रेलियन डलर र रियालको मूल्य बढ्यो, कसको कति ?